Ad Area

पाँचौं हापुर कपको उपाधी युएनबिसीलाई


दाङ,१० फागुन । पाँचौ हापुर कप फुटबल प्रतियोगीता–२०८० को उपाधि युएनबिसी घोराहीले जितेको छ । हापुर युथ क्लबको आयोजनामा घोराही उपमहानगरपालिका–१२ हापुर बिजौरी खेल मैदानमा विहीवार भएको फाइनल खेलमा आयोजक हापुर युथ क्लबलाई १–० गोल अन्तराले पराजित गर्दै युएनबिसी क्लव घोराहीले उपाधी हात पारेको हो ।

निकै प्रतिस्पर्धात्मक फाइनल खेलमा पहिलो हाफमा युएनबिसीका खेलाडी बिनोद केसीले गरेको गोल निर्णायक बनेको थियो । अ‍ेलमा सुरु भएको केही समय र अन्तिममा भएका दुई वटा सुनौला अवसरहरु आयोजक हापुर युथ क्लवका खेलाडीहरुले सदुपयोग गर्न नसक्दा उपबिजेतामा चित्त बुझाउनु परेको थियो । उपाधिसँगै युएनबिसी क्लवले नगद ५० हजार ५ सय ५५ रुपैयाँसहित प्रमाणपत्र,ट्रफि र मेडल प्राप्त गरेको भने उपबिजेता हापुर युथ क्लबले २० हजार ५ सय ५५ रुपैयासहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

प्रतियोगितामा उत्कृष्ट डिफेन्स हापुर युथ क्ल्बका दिपेन्द्र खरेल, उत्कृष्ट मिड फिल्डर युएनबिसीका किरननाथ योगी, उत्कृष्ट फवार्ड हापुर युथ क्ल्बका निशान घर्ती, उत्कृष्ट गोल किप्पर युएनबिसीका सरिन जिसी, उत्कृष्ट खेलाडी हापुर युथ क्लवका नविन बुढा भएका थिए । फागुनको १ गतेदेखि सुरु भएको पाँचौ हापुर कप फुटबल प्रतियोतियोगितामा जिल्लाभरका २७ वटा फुटबल क्लवहरुको सहभागीता रहेको थियो ।

Blog Post Ad Blog Post Ad