Ad Area

खोप अभियानमा सहभागी हुन स्वास्थ्यमन्त्री खनालको प्रदेशवासीलाई आग्रह


दाङ,१२ फागुन । लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री राजु खनालले दादुरा–रुवेला विरुद्धको खोप अभियानलाई प्रभावकारी रुपमा सञ्चालन गनुपर्ने बताएका छन् ।

दादुरा–रुवेला खोप अभियान–२०८० को पूर्व सन्ध्यामा शुभकामना सन्देश जारी गर्दै मन्त्री खनालले संविधानले नै मौलिक हकको रुपमा व्यवस्था गरेको आधारभूत स्वास्थ्य सेवा सवैको पहुँचमा पुग्ने गरी खोप अभियान सञ्चालन गर्नुपर्ने बताएका छन् ।

यहि फागुनको १३ गतेदेखि चैतको ७ गतेसम्म लुम्बिनी प्रदेशसहित देशभर दादुरा–रुवेला खोप अभियान सञ्चालन हुन थालेको छ । अभियानका क्रममा प्रदेशका हिमाली र पहाडी जिल्लाहरुमा ९ महिनादेखि ५ बर्षमुनि र तराईका जिल्लाहरुमा ९ महिनादेखि १५ बर्षमुनिका सम्पूर्ण बालबालिकालाई खोप लगाइदै छ ।

यसै सन्दर्भमा स्वास्थ्य मन्त्री खनालले अभियानका क्रममा सम्पूर्ण प्रदेशवासी अभिभावकलाई घर नजिकैको खोप केन्द्रमा आफ्ना बालबालिकालाई लगी दादुरा–रुवेला रोग विरुद्धको खोप लगाउन अनुरोध गरेका छन् । शुभकामना सन्देशमा नेपाल सरकारले सन २०२६ सम्म दादुरा रोगलाई निवारण गर्ने लक्ष्यका लिएको र सोही लक्ष्य हासिल गर्नका राष्ट्रिय अभियानका क्रममा दादुरा–रुवेला अभियान–२०८० सुरु हुन थालेको उक्त अभियानमा सवै सहभागी बन्न आग्रह गरेका हुन ।

खोप कार्यक्रम नेपाल सरकारको पहिलो प्राथमिकताको कार्यक्रम रहेको भन्दै मन्त्री खनालले सरकारले नै पहिलो प्राथमिकतामा राखेको खोप सेवालाई कानुनी तथा नीतिगत रुपमा नै प्राथमिकता राखेर नागरिकको मौलिक हकको रुपमा रहेको स्वास्थ्य सम्वन्धी संवैधानिक अधिकार सुनिश्चित गर्न प्रदेश सरकार प्रतिवद्ध रहेको बताएका छन् ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad