Ad Area

डिसिएल–२ को गोल्ड प्रायोजकमा एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज


घोराही, १३ फागुन । नेपाल टेलिकम दाङ क्रिकेट लिग–२ को गोल्ड प्रायोजकका रुपमा एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज दाङले सहयोग गरेको छ ।

दाङ क्रिकेट संघको आयोजनामा भोलि फागुन १४ गतेदेखि घोराही १७ गुलरियास्थित घोराही क्रिकेट रंगशालामा संचालन हुन लागेको फ्रेन्चार्ईज लिगमा एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज दाङ गोल्ड प्रायोजकका रुपमा आवद्ध भएको हो ।

संस्थाका सन्चालक सुनिल राजभण्डारीले प्रतियोगिताको सफलताको शुभकामनासहित ५० हजार रुपैयाँ सहयोग गर्नुभएको छ । एजुकेशन तथा भिसा पार्टनरका रुपमा नेपाल टेलिकम दाङ क्रिकेट लिगमा आवद्ध हुन पाउँदा एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज दाङ गौरवान्वित भएको संस्थाका सन्चालक राजभण्डारीले बताउनुभयो ।

लिग संचालनका लागि सहयोगीदाता एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज दाङ प्रति दाङ जिल्ला क्रिकेट संघका अध्यक्ष प्रदीप मजगैयाले आभार प्रकट गर्नुभएको छ ।

घोराही १५ तुलसीपुर चोकस्थित मन टावरमा कार्यालय रहेको एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजले विदेशमा उच्च शिक्षा अध्ययनका लागि शैक्षिक परामर्श गर्दै आएको छ ।

Blog Post Ad

विद्यार्थीहरुले अष्ट्रेलिया, क्यानडा, युके र अमेरिकाका विभिन्न विश्वविद्यालयमा अध्ययनका लागि प्रदान गर्दै आएको सेवा तथा परामर्शबाट लाभान्वित हुँदै आएका छन् । यस्तै, आईएलटीएस, पीटिईलगायतको तयारी कक्षा पनि संचालन गर्दै आएको छ ।

नेपालका प्रमुख शहरहरु लगायत देशका ४५ बढी शाखाहरु तथा विश्वका १३ देशबाट सेवा संचालन गरिरहेको एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजले वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीहरुलाई विगत २ दशकदेखि आधिकारिक र विश्वसनीय परामर्श प्रदान गर्दै आएको उहाँले बताउनुभयो ।

Blog Post Ad Blog Post Ad