Ad Area

भूकम्प प्रभावित क्षेत्रकाे स्वास्थ्य शिविरबाट तीन हजार लाभान्वित


रुकुम पश्चिम, १३ फागुन । गत कात्तिकमा गएको भूकम्पपछि रुकुम पश्चिममा सञ्चालन भएको वृहत प्रजनन स्वास्थ्य शिविरबाट रुकुम पश्चिममा दुई हजार आठ सय ७० जनाले सेवा लिएका छन् ।

जिल्लाका प्रभावित दुई स्थानीय तह आठबिसकोट नगरपालिका र सानीभेरी गाउँपालिकाका नागरिकहरूले प्रजनन स्वास्थ्य सेवा लिएका हुन । नेपाल परिवार नियोजन संघको आयोजना, आइपिपिएफ परियोजनाको सहयोग र स्वास्थ्य सेवा कार्यालयको समन्वयमा भूकम्प प्रभावित क्षेत्रमा प्रजनन स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो ।

गत मसिंर ११ गतेदेखि हालसम्म सञ्चालन भएको शिविरबाट जिल्लामा दुई हजार आठ सय ७० भूकम्प प्रभावित नागरिकहरूले प्रजनन स्वास्थ्य सम्बन्धी विभिन्न सेवा लिएको नेपाल परिवार नियोजन संघ दाङका शाखा प्रबन्धक वसन्त खनालले जानकारी दिनुभयो ।

मुसिकोटमा भएको साझेदार संस्थाहरूसँग भूकम्प प्रभावितका लागि सञ्चालित कार्यक्रमहरूको प्रगति समीक्षा कार्यक्रममा शाखा प्रबन्धक खनालले यस बारेमा जानकारी गराउनुभएको हो । उहाँका अनुसार शिविरबाट दुई हजार पाँच सय १० महिला, तीन सय ५९ पुरुष र एक जना यौनिक अल्पसंख्यक नागरिकले सेवा लिएका हुन् ।

जसअन्तर्गत अपाङ्गता भएका ३७ जना, पाठेघरको मुखको क्यान्सर चेक जाँच एक हजार ६ सय ७४, स्त्री रोग सम्बन्धी सेवा दुई हजार दुई सय २९ जनाले सेवा लिएका छन् । त्यस्तै यौनजन्य सङ्क्रमणको उपचार एक हजार दुई सय ४३, परिवार नियोजनको लामो अवधिको साधनको सेवा एक सय ९८, आइयूसिडी लामो अवधिको साधन प्रयोग गर्ने दुई, पाठेघर खसेका ४९, बच्चाहरू दुई सय ६५, गर्भवती तथा सुत्केरी सम्बन्धी सेवा एक सय ६२, गर्भवती मात्र एक सय ४७ महिलाले शिविरबाट सेवा दिएको शाखा प्रबन्धक खनालले जानकारी गराउनुभयो ।
यसका साथै शिविरबाट ४१ जना सुत्केरीलाई मर्यादा सामग्री वितरण, पाठेघरको शङ्कास्पद ९ जना, एचआइभी परीक्षण नौ जना, गर्भवती भिडियो एक्स९रे सेवा ९२ जनाले लिएका छन् । १७ वटा शिविर सञ्चालन गरिएको थियो ।

यसका साथै सामुदायिक स्वास्थ्य सचेतना कार्यक्रम समेत सञ्चालन गरिएको छ । सानीभेरी गाउँपालिका र आठविसकोट नगरपालिकामा चलाइएका एक सय ७० सामुदायिक स्वास्थ्य सचेतना कार्यक्रमबाट सात हजार सात सय ९७ व्यक्तिले सेवा पाएको नेपाल परिवार नियोजन संघका अनुगमन तथा मूल्याङ्कन प्रबन्धक चेतराज जोशीले जानकारी दिनुभयो ।

Blog Post Ad

यस्ता शिविर जाजरकोटमा समेत सञ्चालन भएका थिए । जाजरकोटका भेरी नगरपालिका, नलगाड नगरपालिका, बारेकोट गाउँपालिका र कुशे गाउँपालिकामा सञ्चालन भएका थिए । जाजरकोट र रुकुम पश्चिममा भएका ४६ वटा शिविरबाट कुल सात हजार तीन सय भूकम्प प्रभावित नागरिकले सेवा लिएको बताइएको छ ।

जिल्ला समन्वय समिति रुकुम पश्चिमका उप प्रमुख देवबहादुर विकको अक्ष्यक्षतामा भएको साझेदार संस्थाहरूसँग भूकम्प प्रभावितका लागि सञ्चालित कार्यक्रमहरूको प्रगति समीक्षा कार्यक्रममा मुसिकोट नगरपालिकाका प्रमुख महेन्द्र केसीको प्रमुख आतिथ्यता रहेको थियो । प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्त, प्रहरी निरीक्षक विष्णुप्रसाद श्रेष्ठ ,लगायत विभिन्न सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधि, पत्रकार लगायतको सहभागिता रहेको थियो ।

Blog Post Ad Blog Post Ad