Ad Area

दाङ क्रिकेट लिग-२ शुरु, उदघाटन खेलमा घोराही टाईगर्स र दंगाली लायन्स खेल्दै


घोराही, १४ फागुन । नेपाल टेलिकम दाङ क्रिकेट लिग-२ शुरु भएको छ । दाङ क्रिकेट संघको आयोजनामा घोराही १७ गुलरियास्थित घोराही क्रिकेट रंगशालामा लुम्बिनी प्रदेशकै ठूलो प्रतियोगिताको सोमबार लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री राजु खनाल र घोराही उपमहानगरपालिकाका नगरप्रमुख नरुलाल चौधरीले संयुक्त रुपमा उदघाटन गर्नुभयो ।

प्रतियोगिता उदघाटन गर्दै स्वास्थ्यमन्त्री खनालले दाङमा क्रिकेट क्षेत्रको व्यावसायिक विकासको प्रयास सराहनीय काम रहेको बताउनुभयो ।


पछिल्लो समय नेपालमा क्रिकेटको सम्भावना निकै राम्रो भईरहेकाले स्थानीय स्तरबाटै यसको विकासका लागि सबै लाग्नुपर्ने बेला भएको बताउनुभयो । ‘नेपालमा क्रिकेट प्रति युवाको बढ्दो आकर्षण त छदैछ, यसले क्रिकेटको माहोल राम्रो बनाउँदै लगेको छ । खेलको विकासका लागि पूर्वाधार विकासमा हामी सबैको साथ चाहिएको छ’ उहाँले भन्नुभयो ।

क्रिकेटले नेपालको पहिचान अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन अहम् भुमिका खेलेको भन्दै डिसिएलले पनि यहीँबाट दक्ष खेलाडी उत्पादनमा सघाउ पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।

‘स्वास्थ्य र मनोरन्जनका रुपमा मात्रै नभई क्रिकेट व्यावसायिक रुपमा अघि बढाउन दाङ क्रिकेट संघले प्रयास गरेको छ । यसबाट भोलिका दिनमा यहाँका क्रिकेटरलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने आधार र माध्यम क्रिकेट भईरहेको छ’ उहाँले भन्नुभयो ।

उहाँले क्रिकेटको विकासका लागि तीन तहका सरकारले साथ दिनुपर्ने पनि बताउनुभयो । स्थानीय स्तरमा खेलको वातावरण बनाउँदै बाहिरी लगानी भित्र्याउने काममा लाग्न सके क्रिकेटका माध्यमबाट अरु थुप्रै विकासको ढोका खोल्न सकिने बताउनुभयो ।
यसैगरी घोराही उपमहानगरपालिकाका नगरप्रमुख चौधरीले यहाँको खेलकुद विकासका लागि घोराही उपमहानगरपालिका प्रतिवद्ध रहेको बताउनुभयो । उहाँले घोराहीमा खेल पूर्वाधारका क्षेत्रमा लगानी भईरहेको हुँदा पालिकाले स्वस्थ नागरिक, दक्ष खेलाडीलाई प्राथमिकता दिएको बताउनुभयो । उहाँले भोलिका दिनमा राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरमा प्रतिनिधित्व गर्ने खेलाडी उत्पादन गरेर जाने गरि संस्थागत रुपमा काम भईरहेको बताउनुभयो । दाङको घोराहीमा देशभरका खेलाडी आएर डिसिएल खेल्ने वातावरण बनाउन आयोजकले गरेको प्रयासलाई पालिकाले साथ दिएको बताउनुभयो ।

Blog Post Ad

प्रतियोगिताको उदघाटन समारोहमा दाङ क्रिकेट संघक अध्यक्ष प्रदीप मजगैयाले यहाँको क्रिकेट विकास गर्ने यो राम्रो अवसर रहेको बताउनुभयो । दाङको क्रिकेट विकासमा केन्द्रमा पहुँच नपुग्दा पनि हिजोका दिनमा अनेकन समस्या रहेको जनाउँदै अब आफु केन्द्रमा जोडिएको हुँदा दाङको क्रिकेट विकासक लागि सक्दो प्रयास गर्ने प्रतिवद्धता जनाउँदै यो प्रयासमा सबैको साथ चाहिएको बताउनुभयो ।

दाङमा क्रिकेटको विकाससँगै खेललाई व्यावसायिक बनाउने लक्ष्यका साथ संचालन गर्न थालिएको नेपाल टेलिकम डिसिएल–२ प्रतियोगितामा घोराही टाईगर्स, देउखुरी वारियर्स, पुरन्धारा च्यालेन्जर्स, तुलसीपुर रोयल्स र दंगाली लायन्स गरी पाँच वटा फ्रेन्चाईज टोलीले प्रतिष्पर्धा गर्दैछन् ।

जसका लागि पाँच वटै फ्रेन्चाईज क्लबले प्रत्येक टीममा १४ जना खेलाडी खरीद गरिसकेका छन् । प्रत्येक टीम मालिकले पाँच जनासम्म राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीसहित दाङ जिल्लाभित्रका यु–१६ का २ जना, यु–१९ का २ जना र सिनियर ५ जनासहित १४ जनाको टिम बनाएका छन् ।
प्रतियोगिता फागुन १९ गतेसम्म चल्नेछ ।
यसैबीच उदघाटन खेलमा साविक विजेता घोराही टाईगर्स र दंगाली लायन्स बिच खेल शुरु भएको छ । टस जितेर पहिले ब्याटिङ रोजेको घोराही टाईगर्सले १८ दशमलव २ ओभरमा सबै विकेट गुमाउँदै १ सय ११ रन बनाएको छ । अब दंगाली लायन्सले केही बेरमा १ सय १२ रनको विजयी लक्ष्यका साथ जवाफी ब्याटिङ गर्नेछ ।

Blog Post Ad Blog Post Ad