Ad Area

नेपाल वाफ च्याम्पियनसिपको फाइनलमा


घोराही,१६ फागुन । साउदी अरेवियामा जारी पश्चिम एसियाली फुटबल एसोसिएसन (वाफ) च्याम्पियनसिपमा नेपाल फाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा लेबनानविरुद्ध २–१ गोलको पुनरामगन जित निकाल्दै नेपालले फाइनलमा स्थान बनाएको हो । नेपालले आफ्नै पोस्टमा गोल गरेपछि लेबनानले अग्रता लिएको थियो ।

३८ औं मिनेटमा नेपालकी पुजा रानाले गोलकिपर एन्जिला तुम्बापोलाई दिएको ब्याकपास गोलमा परिणत हुँदा नेपाल पछि परेको थियो । एक गोलल पछि परेको नेपालले ७६ औं मिनेटमा बराबरी गोल गरेको थियो । सावित्रा भण्डारीले गरेको प्रहार लेबनानका खेलाडीले क्लियनर गर्न सनक्दा सावित्राले नै गोलमा परिणत गरिन् ।

सावित्राले जारी प्रतियोगितामा नवौं गोल गरिन् । उनी दक्षिण एसियाबाट सर्वाधिक गोल गर्ने खेलाडीको शीर्ष स्थानमा पनि उक्लिइन् । उनले भारतकी बाला देवीलाई पछि पारेकी हुन् । सावित्राको करियको ५३ औं गोल हो भने बालादेवीले ५२ गोल गरिन् । दोस्रो हाफमा अतिरिक्त पाँच मिनेट थप गरिएको थियो ।

चौथो मिनेटमा नेपालकी प्रिति राईले गोल गर्दै नेपाललाई जित दिलाइन् । विमला चौधरीले प्रहार गरेको कर्नर किक क्लियर भएपनि डिबक्स भन्दा बाहिरबाट प्रितीले गरेको प्रहार सिधै गोलमा परिणत हुँदा नेपाल अन्ततः २–१ गोलको पुनरागमन जित निकाल्दै फाइनलमा स्थान बनाउन सफल भयो । नेपालले उपाधिका लागि जोडर्नसँग खेल्ने छ । जोर्डनले मंगलबार भएको पहिलो सेमिफाइनलमा प्यालेस्टाइनलाई ५–० गोलले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो । जोर्डन वाफको डिफेन्डिङ च्याम्पियन हो भने नेपाल पहिलो पटक यो प्रतियोगितामा सहभागि भएको हो ।

Blog Post Ad Blog Post Ad