Ad Area

कांग्रेस महाधिवेशन : नयाँ नेतृत्वका मतदान सम्पन्न, गणनाको तयारी


दाङ ७ मंसिर । नेपाली कांग्रेसको १४ महाविधेशनअन्तर्गत दाङका संघीय क्षेत्रमा नेतृत्व चयनको लागि मंगलावार मतदान सम्पन्न भएको छ । जिल्लाका तीनवटै निर्वाचन क्षेत्रमा नयाँ नेतृत्व चयनका लागि मंगलवार शान्तिपूर्ण रुपमा मतदान भएको हो ।

नयाँ नेतृत्वका लागि मंगलवार दाङ क्षेत्र नं.१ मा ६ सय ८५ मत खसेको छ । निर्वाचन क्षेत्र नं. १ को ६ सय ९४ मतदाता मध्य मंगलावार मतदानका क्रममा ६ सय ८५ मत खसेको जिल्ला निर्वाचन समितिका कार्यवाहक संयोजक युवराज बस्नेतले जानकारी दिएका छन् । क्षेत्र नं. १ को क्षेत्रीय सभापति पदमा भेषराज पाण्डे र सर्वजित डिसी चुनावी प्रतिप्रर्धामा छन् ।

जसको सचिव पदमा कृष्णकुमार चौधरी, खेमलाल चौधरी, राजेन्द्र खड्का र हरिहर शर्माले उम्मेदवारी दर्ता गरेको निर्वाचन समितिले जनाएको छ । त्यसैगरेर सहसचिव पदमा गोविन्दकुमार वली, प्रकाशकुमार जिसी, मिनराज अधिकारी र मोहम्मद जमिर शाहले उम्मेदवारी दिएका थिए । क्षेत्र नं. १ बाट महाधिवेशन प्रतिनिधिका लागि ५१ जनाले उम्मेदवारी दिएका थिए । निर्वाचन समितिका कार्यवाहक संयोजक बस्नेतका अनुसार मतगणनाको तयारी गरिरहेको छ ।

त्यसैगरेर दाङ क्षेत्र नं.२ मा ६ सय ४२ मत खसेको छ । निर्वाचन क्षेत्र नं. २ मा ६ सय ५१ मतदाता मध्य ९ जना मतदाताहरु निर्वाचनमा सहभागी नभएको निर्वाचन समितिले जनाएको छ । क्षेत्र नं। २ को क्षेत्रीय सभापति पदमा चित्रबहादुर डाँगी ‘निर्मल’ र भीमप्रकाश खड्कालाई चयन गर्नका लागि मतदान भएको छ ।

क्षेत्र न २ को सचिवमा आर.के. शीतल, कमलप्रसाद गौतम, सन्तोष योगी र हिमबहादुर डाँगी चुनावी मैदानमा छन् । त्यसैगरेर सहसचिवमा प्रमोद पोख्रेल, रञ्जित श्रेष्ठ, रमेशकुमार पाण्डे र शिवप्रसाद घिमिरे छन् । त्यसैगरेर २५ जना महाधिवेशन प्रतिनिधिका लागि ६३ जनाले उम्मेदवारी दर्ता गरेका छन् ।

त्यसैगरी निर्वाचन क्षेत्र नं. ३ मा ८ सय ४४ मत खसेको छ । ८ सय ४७ मतदाता रहेको उक्त निर्वाचन क्षेत्रमा ३ मत नखसेको निर्वाचन समितिले जनाएको छ । क्षेत्र नं. ३ को क्षेत्रीय सभापति पदमा तीनजना प्रतिष्प्रर्धी रहेका छन् । जसमा सभापतिमा वर्तमान सभापति जगतबहादुर खड्का, जिल्ला कार्यसमिति सदस्य सुरेन्द्रबहादुर खड्का र कांग्रेस नेता किरण शाहको उम्मेदवारी परेको छ ।

Blog Post Ad

सचिवमा शोभाकर सापकोटा,पूर्ण केसी,रवि बुढाथोकी र भेषराज डाँगीले उम्मेदवारी दर्ता गरेका छन् । त्यस्तै सहसचिवमा भीमकान्त भट्टराई,डेफुलाल चौधरी, तनोज सिंह ओली र भूपबहादुर केसीले उम्मेदवारी दर्ता गरेका छन् ।
निर्वाचनमा मतदान सकिएसँगै मुचुल्का बनाएर मतगणनाको तयारी भैरहेको कार्यबाहक निर्वाचन संयोजक युवराज बस्नेतले जानकारी दिएका छन् ।

 

Blog Post Ad Blog Post Ad