Ad Area

दाङ क्रिकेट लिगमा आज दुई खेल हुने


घोराही,१६ फागुन । दाङको घोराहीमा जारी नेपाल टेलिकम दाङ क्रिकेट लिग अन्तर्गत बुधवार आज दुई खेलहरु हुने भएका छन् ।

नेपाल क्रिकेट संघ दाङको आयोजनामा घोेराही उपमहनगरपालिका–१७ गुलरियास्थीत घोराही क्रिकेट मैदानमा पहिलो खेल विहान ९ : ३० बजे तुलसीपुर रोयल्स र पुरन्धारा च्यालेन्जर्सबीच र दोश्रो खेल दिउँसो १ : ३० बजे घोराही टाइगर्स र देउखुरी वारियर्सबीचमा हुने छ ।

प्रतियोगिताको विजेता टोलीले दुई लाख ५० रुपियाँ र उपविजेताले एक लाख रुपियाँ पुरस्कार पाउनेछन् । प्रतियोगिता फागुनको १९ गतेसम्म चल्नेछ ।

Blog Post Ad Blog Post Ad