Ad Area

खुमबहादुर खड्का स्मृति भलिबलमा घोराही, शान्तिनगर, राप्ती र बंगलाचुली सेमिफाइनल नजिक


घोराही, २३ फागुन । तेश्रो खुमबहादुर खड्का स्मृति पुरुष भलिबल प्रतियोगिता अन्तर्गत चौथो दिन बुधबार भएका खेलमा राप्तीले एकै दिन दुई जीत निकाल्दा बबई गाउँपालिका र राप्ती गाउँपालिका पनि विजयी भएका छन् ।

नेपाली कांग्रेस दाङ खुमबहादुर खड्का स्मृति समाज विकास समितिको आयोजनामा जारी पालिकास्तरीय भलिबल प्रतियोगितामा बिहान भएको खेलमा राप्ती गाउँपालिकाले तुलसीपुर उपामहानगरपालिकालाई २–० को सेटमा, बंगलाचुलीले बबई गाउँपालिकालाई २–० को सेटमा हरायो । यसैगरी दिउँसो भएको खेलमा बबई गाउँपालिकाले तुलसीपुर उपमहानगरपालिकालाई २–० को सेटमा हराएको छ । बुधबारको अन्तिम खेलमा राप्ती गाउँपालिकाले दंगीशरण गाउँपालिकालाई २–० को सेटमा पराजित गर्यो ।

घोराही १५ सहिद मञ्चमा भईरहेको लिगकम नकआउट खेल अन्तर्गत अब लिग चरणका दुई खेल हुन बाँकी छ । अहिलेसम्मको अवस्थामा समुह ए बाट राप्ती र बंगलाचुली गाउँपालिका सेमिफाईनल पुग्ने सम्भावना बलियो रहेको छ । यसैगरी, समुह बी बाट घोराही उपमहानगरपालिका र शान्तिनगर गाउँपालिका पनि सेमिफाईनल खेल्ने सम्भावना रहेको छ । समुह विजेता र उपविजेता हुँदै सेमिफाईनल पुग्ने टीमको टुंगो भोलि बिहान हुने दुई खेलबाट लाग्नेछ ।

बिहीबार बिहान साढे ७ बजे बंगलाचुली र राप्ती भिड्नेछन् भने लिग चरणको अन्तिम खेलमा लमही र शान्तिनगर खेल्ने भएका छन् ।
प्रतियोगिताको फाईनल खेल २५ गते हुनेछ । प्रतियोगितामा जिल्लाका ९ वटा पालिकाको सहभागीता रहेको छ । गढवा बाहेकका पालिकाबाट खेलाडीहरु प्रतियोगितामा सहभागी भएका छन् ।

लिगकम नकआउटका आधारमा भईरहेको प्रतियोगिताको विजेता टिमले उपाधिसँगै नगद दुई लाख पच्चिस हजार रुपैयासहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यसैगरी द्वितीय हुने टिमले १ लाख २५ हजार, तृतीय हुने टिमले नगद ५० हजार र सान्त्वना हुने टिमले नगद २० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । गत वर्ष घोराही उपमहानगरपालिकाले उपाधि जितेको थियो ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad