Ad Area

घोराहीमा महाशिवरात्री महोत्सव एवं शान्ति सद्भाव समारोह हुने


घोराही,२३ फागुन । दाङको घोराहीमा घोराहीमा महाशिवरात्री महोत्सव एवं शान्ति सद्भाव समारोह हुने भएको छ । ब्रह्माकुमारी इश्वरीय विश्वविद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र घोराही शाखाको आयोजनामा महाशिवरात्री महोत्सव एवं शान्ति सद्भाव समारोह हुन थालेको हो ।

ब्रह्माकुमारी इश्वरीय विश्वविद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र घोराहीले बुधवार घोराहीमा पत्रकार भेटघाट तथा स्नेही मिलन कार्यक्रमको  आयोजना गरेर महाशिवरात्रीका अवसरमा आयोजना गरिएको महाशिवरात्री महोत्सव एवं शान्ति सद्भाव समारोहको बारेमा जानकारी दिएको हो । महाशिवरात्री महोत्सव एवं शान्ति सद्भाव समारोहअन्तर्गत फागुनको २४ गते घोराही उपमहानगरपालिका–१५ स्थीत ब्रह्माकुमारीज घोराही सेवा केन्द्रमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।

रक्त संञ्चार केन्द्र घोराहीको प्राविधिक सहयोगमा ब्रह्माकुमारीज, नेपाल प्रहरी, द लोटस टे«निङ सेन्टरलगायतको सहभागीता हुने ब्रह्माकुमारी इश्वरीय विश्वविद्यालय एवं राजयोग प्रशिक्षण केन्द्रका प्रवक्ता एवं सूचना सञ्चार उपसमिति संयोजक ब्रह्माकुमार माधव तिमिल्सेनाले जानकारी दिएका छन् ।

तिमिल्सेनाका अनुसार फागुन २५ गते विहान ५–७ बजेसम्म ब्रह्माकुमारीज घोराही सेवा केन्द्रमा सकारात्मक सोचका लागि राजयोग अभ्यास, सोही दिन विहान ७–९ बजेसम्म शिवध्वजारोह एवं संस्कार परिवर्तनमा आध्यामिकता सम्वन्धी अभ्यास, फागुन २६ गते घोराहीको बिपीचोक परिक्रममा गर्दै विभिन्न संघसस्थाको सहभागितामा शान्ति सद्भाव पदयात्रा गरिने भएको छ । पदयात्राका त्रममा शान्ति सद्भाव एकता, दुव्यर्सनविरुद्धका प्ले कार्डसहित बिपीचोकदेखि सुरु भएर सहिदगेट नेपाल बंैकरोड, दामोदरचोक, न्यूरोड हुँदै तुलसीपुरचोक, जिल्ला प्रहरी कार्यालय, घोराही उपमहानगरपालिका हुँदै जिल्ला अदालत,टिथ्री पार्टी प्यालेस, द लोटस सेन्टर हुँदै पुरानो भ्यालीटप बोर्डिङ स्कुल प्रांगणमा महाशिवरात्री महोत्सव एवं शान्ति सद्भाव समारोह हुने भएको छ ।

उक्त समारोह सम्पन्न गर्नका लागि ब्रह्माकृमारीज राप्ती क्षेत्र संयोजक राजयोगिनी गीता दिदीको संयोजकत्वमा १७ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ । प्रवक्ता माधव तिमिल्सेनाको संयोजकत्वमा ६ सदस्यीय सूचना सञ्चार उपसमिति, खिमकुमारी श्रेष्ठको संयोजकत्वमा ३ सदस्यीय आर्थिक व्यवस्थापन उपसमिति, जोगराज खड्काको संयोजकत्वमा ३ सदस्यीय टेण्ट साउण्ड व्यवस्थापन उपसमिति,द्रोपदा न्यौपानेको संयोजकत्वमा ३ सदस्यीय मञ्च व्यवस्थापन तथा स्वयमसेवक उपसमिति, ब्रह्मकुमारी अन्जना खड्काको सयोजकत्वमा ३ सदस्यीय शान्ति सद्भाव र्याली पदयात्रा उपसमिति र ब्रह्मकुमार शिवलाल महताराको संयोजकत्वमा ३ सदस्यीय रक्तदान व्यवस्थापन उपसमिति गठन गरिएको छ ।

ब्रह्माकृमारीज राप्ती क्षेत्र संयोजक राजयोगिनी गीता दिदीको अध्यक्षतामा भएको कार्यत्रममा नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष दुर्गालाल केसीले महाशिवरात्री महोत्सव एवं शान्ति सद्भाव समारोहलाई सफलता पूर्वक सम्पन्न गर्नका लागि सञ्चारका प्रचारप्रसार गरेर सहयोग गर्ने बताएका थिए । कार्यक्रमको सहजीकरण सूचना सञ्चार उपसमिति संयोजक एवं प्रवक्ता माधव तिमिल्सेनाले गरेका थिए ।

Blog Post Ad
Blog Post Ad Blog Post Ad