Ad Area

खुमबहादुर खड्का भलिबलको सेमिफाईनलमा शान्तिनगर र बंगलाचुली, घोराही र राप्ती भिड्दै


घोराही, २४ फागुन । तेश्रो खुमबहादुर खड्का स्मृति पुरुष भलिबल प्रतियोगिता अन्तर्गत लिग चरणका खेल सकिएसँगै सेमिफाईनल खेल्ने टीमको टुंगो लागेको छ ।

नेपाली कांग्रेस दाङ खुमबहादुर खड्का स्मृति समाज विकास समितिको आयोजनामा जारी पालिकास्तरीय भलिबल प्रतियोगिताको सेमिफाईनलमा घोराही उपमहानगरपालिका र राप्ती गाउँपालिका तथा बंगलाचुली गाउँपालिका र शान्तिनगर गाउँपालिका भिड्ने भएका छन् । समुह ए बाट समह क बाट समुह विजेता बंगलाचुली उपविजेता राप्ती भएको छ भने समुह बी बाट घोराही विजेता र शान्तिनगर उपविजेता हुँदै सेमिफाईनलमा प्रवेश गरेको छ ।

अब बिहीबार दिउँसो हुने पहिलो सेमिफाईनल खेलमा बंगलाचुली र शान्तिनगर खेल्नेछन् । दोश्रो सेमिफाईनल खेलमा घोराही र राप्ती खेल्ने भएका छन् । दुई समुह बनाएर खेलाईएको जारी प्रतियोगितामा समुह ए मा रहेका ५ टीम र समुह बी मा रहेका ४ टीमले एकअर्कासँर्ग प्रतिष्पर्धा गरेका थिए । जस अनुसार, समुह ए मा रहेको बंगलाचुलीले लिग चरणको खेलमा सतप्रतिशत जीत निकालेको छ भने समुह उपविजेता रहेको राप्तीले लिग चरणको आफ्नो अन्तिम खेलमा बंगलाचुलीसँग पराजित भएको थियो ।

यसैगरी, समुह बी मा रहेको घोराहीमा पनि सतप्रतिशत जीत निकाल्दै समुह विजेता बनेका छ भने समुह उपविजेता रहेको शान्तिनगरले लिग चरणमा घोराहीसँग हार व्यहोरेको थियो । साविक विजेता रहेको घोराहीले फाईनल प्रवेशका लागि राप्तीसँग खेल्दैछ । गत वर्षको उपविजेता लमही नगरपालिका भने लिग चरणबाटै बाहिरिएको छ ।

यसैबीच, बिहीबार बिहान सम्पन्न लिग चरणको अन्तिम दुई खेलमा बंगलाचुली र शान्तिनगर विजयी भएका छन् । घोराही १५ सहिद मञ्चमा जारी प्रतियोगिता अन्तरगत बिहान भएको खेलमा बंगलाचुलीले राप्तीलाई २५–२३ र २८–२६ को सोझो सेटमा पराजित गरेको छ । लिग चरणको अन्तिम खेलमा शान्तिनगरले लमहीलाई २५–८ र २५–१९ को सोझो सेटमा हराएको छ ।

Blog Post Ad

२० गतेदेखि जारी प्रतियोगिताको फाईनल खेल २५ गते दिउँसो हुनेछ । प्रतियोगितामा जिल्लाका ९ वटा पालिकाको सहभागीता रहेको छ । गढवा बाहेकका पालिकाबाट खेलाडीहरु प्रतियोगितामा सहभागी भएका छन् ।

लिगकम नकआउटका आधारमा भईरहेको प्रतियोगिताको विजेता टिमले उपाधिसँगै नगद दुई लाख पच्चिस हजार रुपैयासहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यसैगरी द्वितीय हुने टिमले १ लाख २५ हजार, तृतीय हुने टिमले नगद ५० हजार र सान्त्वना हुने टिमले नगद २० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने नेपाली कांग्रेस दाङ खुमबहादुर खड्का स्मृति समाज विकास समितिले जनाएको छ ।

Blog Post Ad Blog Post Ad