Ad Area

सिद्ध रत्ननाथ क्याम्पस नारायणपुरमा अभिभावक प्राध्यापक संघ गठन


घोराही, २८ फागुन । श्री सिद्ध रत्ननाथ क्याम्पस नारायणपुरमा अभिभावक प्राध्यापक संघ गठन गरिएको छ । क्याम्पस संचालक समितिका अध्यक्ष प्रेमबहादुर डाँगीको अध्यक्षतामा सोमबार बसेको पहिलो वृहत भेलाले अभिभावक बसन्त श्रेष्ठको संयोजकत्वमा १२ सदस्यीय अभिभावक प्राध्यापक संघ गठन गरेकाे हाे ।

जसको सदस्यमा महिलाबाट सुशिला डाँगी, राधी चौधरी, दलितबाट नक्षत्रबहादुर विश्वकर्मा, खुलाबाट लहानु चौधरी, ज्ञानसिङ बुढामगर, कालुराम चौधरी, प्राध्यापकबाट लक्ष्मी केसी, नरबहादुर देवकोटा, सुनिता वली, कर्मचारीबाट सुरेश शर्मा लामिछाने र सदस्य सचिवमा सहायक क्याम्पस प्रमुख दामोदर गिरी चयन हुनुभएको छ ।

आगामी तीन वर्षे कार्यकाल रहेको नवगठित अभिभावक प्राध्यापक संघले क्याम्पसको शैक्षिक गतिविधिलाई व्यवस्थित रुपमा संचालन गर्न भुमिका खेल्ने गरी जिम्मेवारी प्रदान गरिएको छ । भेलामा क्याम्पस प्रमुख दीपक लामिछानेले अभिभावक प्राध्यापक संघको काम, कर्तव्य र अधिकारका बारेमा जानकारी गराउनुभएको थियो । सो अवसरमा बोल्ने वक्ताहरुले क्याम्पस तहमा गठित अभिभावक प्राध्यापक संघले नयाँपन दिनुका साथै शैक्षिक गुणस्तर कायम गर्न टेवा पुग्ने विश्वास लिएको बताउनुभयो ।

त्रिभुवन विश्व विद्यालय प्रतिनिधि एवम् महेन्द्र बहुमुखी क्याम्पस घोराहीका उपप्राध्यापक तीर्थराज न्यौपानेले सिद्धरत्ननाथ क्याम्पसले थालेको यस प्रकारको अभ्यासको सिको अरु क्याम्पसले पनि गर्न सके राम्रो हुने बताउनुभयो । कार्यक्रममा क्याम्पस संचालक समितिका चन्द्रप्रसाद चौधरी, मावि नारायणपुरका प्रधानाध्यापक तथा क्याम्पस संचालक समिती सल्लाहकार उत्तमकुमार खनाल, संस्थापक क्याम्पस प्रमुख श्रीधर पोख्रेल, क्याम्पस सल्लाहकार चन्द्रप्रसाद चौधरी, अभिभावक नक्षत्र विक, बसन्त श्रेष्ठलगायत बोल्नुभएको थियो ।

संचालक समिति सदस्य टोपबहादुर केसीको स्वागत मन्तव्यबाट शुरुभएको भेलामा सहभागीलाई क्याम्पस संचालक समिति कोषाध्यक्ष सुशीला शर्माले धन्यवाद ज्ञापन गर्नुभएको थियो भने सहजीकरण सहायक क्याम्पस प्रमुख दामोदर गिरीले गर्नुभएको थियो ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad