Ad Area

हिरा डाँगी स्मृति कपको उपाधि द राइजिङ स्टार फुटबल क्लवलाई


तुलसीपुर, २८ फागुन । तेस्रो हिरा डाँगी स्मृति कप फुटबल प्रतियोगिता २०८० को उपाधि द राइजिङ स्टार फुटबल क्लव घारोहीले जितेको छ । हिरा डाँगी फाउन्डेसन तुलसीपुरको आयोजनामा सञ्चालित प्रतियोगिताको आइतवार सम्पन्न फाइनल खेलमा सहारा फुटबल क्लब लखनउलाई ट्राइब्रेकरमा ६–५ गोलले पराजित गर्दै राइजिङ स्टारले उपाधि जितेको हो ।

उपाधिसँगै उसले नगद २ लाख पुरस्कार, कप, मेडल, प्रमाणपत्र हात पा¥यो । फाइनल खेलसँगै दोस्रो स्थान कायम गरको सहारा उपविजेतामा सीमित रहँदै नगद एक लाख, कप, मेडल, प्रमाणपत्रमा चित्त बुझाउन बाध्य भयो । उल्लेख्य दर्शकको उपस्थितिमा अरनीको मैदान तुलसीपुरमा भएको कडा प्रतिस्पर्धा र रोमाञ्चक खेलको निर्धारित समयमा गोलरहित बराबर भएपछि खेलको नतिजा टाइब्रेकरबाट निकालिएको हो ।

हिरा डाँगी फाउन्डेसनका अध्यक्ष पोखरसिं डाँगीको अध्यक्षता अखिल नेपाल फुटबल संघ एन्फाका उपाध्यक्ष दीर्घबहादुर केसी (कुमार) को प्रमुख आतिथ्यता एवम् शान्तिनगर गाउँपालिका अध्यक्ष प्रमोद बस्नेतको विशिष्ट आतिथ्यता भएको भएको समापन कार्याक्रममा बोल्दै प्रमुख अतिथि केसीले यस्ता प्रतियोगिताले स्थानीय स्तरमा फुटबलको पहुँच अभिवृद्धि गर्ने र खेलाडीलाई थप प्रोत्साहन हुने बताएका थिए । उनले यस्ता प्रतियोगितालाई स्थानीय सरकार तथा सरोकारवालाले सहयोग गर्नु पर्ने बताए ।

‘खेल क्षेत्रको विकास र विस्तारमा राज्यले ध्यान दिनसकेको छैन । स्थानीय सरकारले यसलाई विशेष ध्यान दिनु पर्छ’, उनले भने । उनले देशप्रतिको माया खेलकुद विकास हाम्रो चाहना भन्ने उद्देश्यले तुलसीपुरमा सञ्चालन भएको यस प्रतियोगिताले फुटबल क्षेत्रको विकास र विस्तारमा सहयोग पुग्ने बताए । उनले स्थानीय स्तरमा दक्ष खेलाडी उत्पादन भइ राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा व्यावसायिक खेलाडीलाई थप टेवा पुग्ने समेत बताए । उनले अखिल नेपाल फुटबल संघ एन्फाले विभिन्न समयमा विभिन्न सहयोग खेलाडीलाई गरेको समेत बताए ।

फाउन्डेसनका संरक्षक मानबहादुर डाँगीको स्वागत रहेको कार्यक्रममा प्रतियोगिता अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने व्यक्तिगत विधातर्फ सहारा फुटबल क्लबका दीपेन सिह ठकुरी उत्कृष्ट खेलाडी, राइजिङ स्टारका जमिर मिया सार्वाधिक गोलकर्ता, राइजिङ स्टारकै भीम पुन बेष्ट गोलकिपर र टरिगाउँ युवा क्लबका निशान राजलवट राइजिङ प्लेयर घोषित भए । उत्कृष्ट खेलाडीलाई जनही पाँच हजार नगद र ट्रफी प्रदान गरिएको थियो । त्यस्तै युएनबिसी फुटबल क्लब घोराही अनुशासित टिम भयो । त्यस्तै प्रत्येक म्याचको म्यान अफ द म्याच घोषित हुने खेलाडीलाई नगद एक हजारसहित ट्रफी प्रदान गरिएको छ । फाउन्डेसनले कार्यक्रममा सहयोग गर्ने सम्पूर्ण सहयोगी खेलप्रेमी, सहयोगीदाता, पत्रकार, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, नागरिक समाजलगायत सबैमा धन्यावाद समेत दिएको छ । कार्यक्रमको सहजीकरण दाङ जिल्ला फुटवल संघका महासचिव लक्ष्ण बस्नेतले गरेका थिए ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad