Ad Area

गोरक्ष पात्रदेबता सिद्धरत्ननाथ दाङ-देबिपाटन महायात्राको तयारी तिब्र, तालिका सार्बजनिक


घोराही, २ चैत । गोरक्षपात्र देबता सिद्धरत्ननाथ दाङ देबिपाट महायात्राको तयारी तिब्र बन्दै गएको छ । माहायात्राको समय नजिकिदै गर्दा यात्रालाई भब्य र ब्यबस्थित बनाउन बिभिन्न उपसमितिको कार्य प्रगतिको बिषयमा समिक्षा गरिएको छ ।

महायात्रा मुल समितिका संयोजक महन्त सुरतनाथ योगीको अध्यक्षतामा बसेको बैठकमा उपसमितिका संयोजकहरुले हाल सम्मको प्रगति बिबरणको बारेमा अबगत गराउनु भएको थियो । बिहिबार बसेको बैठकले यात्रा प्रस्थानको तालिका सार्बजनिक गरेको छ भने साथै थप एक उपसमिति गठन गरेको छ । तालिका अनुसार अप्रिल पाँच तारिख अर्थात चैत्र २३ गते साझ शुक्रबार दाङघोराहीको सिद्धरत्ननाथ मठ चौघेराबाट बिशेष तामझामका साथ रथयात्रासहित महायात्राको प्रस्थान शुरु हुनेछ ।

चौघेराबाट शुरु भएको यात्रा घोराहीउ पमहानगरपालिका अन्र्तगत पर्ने चौपट्टामा केही समय पुजा आरधान र बिश्रामपछि लमहीका लागी प्रस्थान गर्ने छ । २३ गते देखि २७ गतेसम्म पाँच दिन गोरक्षपात्रदेबतासहितको यात्राको टोलीले लमही नगरपालिका ६ देउपुर गोरक्षधामममा पााचदिनको बसाई हुने छ । सो अबसरमा देउपुरमा पाच दिन सम्म बिभिन्नआध्यातमिक तथा सांस्कृतिक भजन कृतन कार्यक्रम हुने छ ।

त्यस्तै २८ गते देउपुरबाट कोइलाबासको लागी यात्रा प्रस्थानहुने छ । साबिकको पुराना बिश्राम स्थलजमुनीबासमा एकछिनको बिश्राम पछि साझ कोईलाबासमा एक रात बिश्राम पछि, चैत्र २९ बिहान ४ बजे कोईलबासबाट भारतको जनकपुरको लागी यात्राको प्रस्थान हुने छ । २९ र ३० गते जनकपुरमा बिश्राम हुने छ । बैशाख १गते पंचमी तिथि शनिबारका दिन जनकपुरबाट देबिपाटनका लागी बिशेष तामझाम सहित गोरक्षपात्रदेबताको रथयात्रा सहितको महायात्रा प्रस्थानहुने छ ।

नयाँ बर्ष २०८१ बैशाख १ गते बिहान ९ बजेसम्म देबिपाट पुगिने कार्यतालिका रहेको छ भने बैशाख ६ गतेसम्म देबिपाटको बसार्इपछि ६गतेको रात्रिकालिन समयमा देबिपाटबाट पुन रत्ननाथ मन्दीर चौघेराको लागी फिर्ती हुने कार्यक्रम रहेको छ । सात गते पुनः रत्ननाथ मन्दिर चौघेरामा पात्रदेबतासहितको टोली आईपुग्ने र ८ गतेका दिन कार्यक्रमको समापन गरिने मुलआयोजक समितिका सदस्य सचिव डा गोबिन्द आचार्यले जानकारी दिएका छन् ।

ँत्यसैगरि बैठकले डा भोलानाथ योगिको संयोजकत्वमा ज्ञानमंच उपसमिति गठन गरेको छ । जसको अन्य सदस्यहरुमा नागरिक समाजका सयोजक निमबहादुर थापा , जागेश्वर घिमिरे, दामोदर पान्डेय, योगमाया शाही, सोलोचना गिरी र बिन्तीराम यादबलाई सदस्यमा मनोनयन गरेको छ । लामो ईतिहास बोकेको दाङ देबिपाटन यात्राको बिषयमा आम जनमानसलाई जानकारी गराई गोरक्षपात्रदेबता रत्ननाथमन्दीरलाई आन्तरिक तथा बाहयपर्यटकिय गन्तब्य स्थलको रुपमा अघि बढाउने उदेश्यले लुम्बिनी प्रदेश सकारको बिशेष सहयोगमा यो बर्ष रत्ननाथ मन्दीर घोराही चौघेरा देखि देबिपाटनसम्म बर्षेनी पात्रदेबता लगेर जाने पुरानो परम्परालाई यो र्ष उत्सबको रपमा मनाउन थालिएको छ । त्यसका लागी जिल्ला प्रदेश र नेपालभारत बिचका पत्रकारहरुसग निकट भबिश्यमै अन्तरक्रिया कार्यक्रमको आयोजना गरिने भएको छ ।

Blog Post Ad
Blog Post Ad Blog Post Ad