Ad Area

टिप्परको ठक्करबाट एक जनाको मृत्यु 


दाङ,२ चैत । दाङमा टिप्परको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

लमही-घोराही सडकखण्ड अन्तर्गत घोराही उपमहानगरपालिका-१७ सिस्ने खोला नजिकै घोराहीबाट लमहीतर्फ जादै गरेको नम्बर नखुलेको टिप्परले ठक्कर दिदा घोराही उपमहानगरपालिका-१७ भैसाही निवासी-४५ वर्षीय कालीप्रसाद चौधरीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

साइकलमा रहेका चौधरीलाई सवा ८ बजेतिर नम्बर नखुलेको टिप्परले ठक्कर दिएको थियोे । टिप्परको ठक्करबाट गम्भीर घाइते भएका चौधरीको घोराहीस्थीत राप्ती स्वास्थ बिज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । प्रहरीका अनुसार  चौधरीको खुट्टा,टाउको र शरीरका विभिन्न भागमा चोट लागेको छ ।

ठक्कर दिने टिप्परको नम्बर नखुलेको र फरक रहेकाले खोजी कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ ।

Blog Post Ad Blog Post Ad