Ad Area

धारापानीमा लागेको शिवरात्री मेलाको आयव्यय सार्वजनिक


घोराही, ३ चैत । पाण्डवेश्वर महादेव मन्दिरले महाशिवरात्रीको अवसरमा संकलन भएको रकमको आयव्यय सार्वजनिक गरेको छ । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गणेशकुमार अधिकारीको अध्यक्षतामा कार्यक्रम गरेर फागुन २३, २४ र २५ गते ३ दिन धारापानीमा लागेको मेलाको आयव्यय बारे जानकारी गराईएको हो ।

कार्यक्रममा आर्थिक समितीका संयोजक विमल अधिकारीले ७ लाख ७९ हजार ७८ रुपैयाँ आम्दानी भएको र महाशिव रात्रिमा ३ लाख ८८ हजार ४ सय ३२ रुपैयाँ खर्च भई ३ लाख ९० हजार ६ सय ४६ रुपैयाँ वचत भएको जानकारी गराउनुभयो ।

आम्दानीतर्फ ठुलो पिङ ठेक्काबाट १ लाख ८१ हजार ५ रुपैयाँ, सानो पिङबाट ११ हजार, मेला बजार १ लाख ७१ हजार ९ सय ५०, रसिदबाट सहयोग ५४ हजार १ सय ७०, पूजा भेटी तथा दान पेटिबाट २ लाख ८० हजार १ सय, गाडी पार्किङबाट ७९ हजार ८ सय ५३ गरि जम्मा ७ लाख ७९ हजार ७८ रुपैयाँ आम्दानी भएको छ ।

त्यसैगरी खर्च तर्फ त्रिशूल सलामी सेना यातायात खर्चमा ११ हजार, साउन्ड सिस्टम, टेन्टमा ४२ हजार, मन्दिर परिसर सरसफाईमा ३ हजार ५ सय, खाजा नास्तामा ३५ हजार ५ सय १०, भजन मन्डलीमा १५ हजार ५, साधु सन्त दक्षिणामा ३१ हजार २ सय ८५ , कर्मचारी, पुजारी र भक्त दक्षिणामा ९ हजार ६ सय ५०, भोजनालय खर्चमा ४२ हजार ५ सय ५५, कार्ड फोटोकपी, ठेली स्टेसनरीमा २४ हजार १ सय ८०, पुजा सामग्रीमा ६ हजार ७ सय १०, प्रचारप्रसारमा ३२ हजार ५ सय खर्च भएको जनाईएको छ ।
यसैगरी, सामान ढुवानी तथा मेला व्यवस्थापनमा १४ हजार ७ सय ५०, फिल्ड मर्मत डोजर र ट्याक्टर ज्यालामा १ लाख २ हजार ७ सय ८७ रुपैयाँ, भान्से र सहयोगीहरुको ज्यालामा १७ हजार रुपैयाँ गरि ३ लाख ८८ हजार ४ सय ३२ रुपैयाँ खर्च भएको जानकारी गराईएको छ । आम्दानीबाट भएको खर्च कटाएर अहिले ३ लाख ९० हजार ६ सय ४६ रुपैयाँ वचत भएको आर्थिक समिति संयोजन अधिकारीले बताउनुभयो । कार्यक्रमको सहजीकरण मन्दिर व्यवस्थापन समिति सचिव विष्णुराम आचार्यले गर्नुभएको थियो ।

यसैबीच, आयोजकले शिवरात्रीको अवसरमा सहयोग गर्ने सम्पूर्ण भक्तजन, दाता, शुभचिन्तक, संघसंस्था, समिति, उपसमिति, सञ्चारकर्मी लगायत सबैलाई धन्यवाद दिएको छ ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad