Ad Area

बबईमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यू


घोराही, ५ चैत ।

बबई गाउँपालिकामा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यू भएको छ । सोमवार बिहान बबई गाउँपालिका गंगटेबाट तुलसीपुर तर्फ आउँदै गरेको लु १ ज १४२७ नम्बरको जिप भाँगोदुलामा दुर्घटना भएको हो ।

उकालोमा चढ्न नसकी ब्याक भएर भएको दुर्घटनामा बबई गाउँपालिका १ का ४५ बर्षिय जीत बहादुर बुढाको राप्ती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यू भएको दाङ प्रहरीले जनाएको छ ।

दुर्घटनामा सवारी चालक बबई १ का ४७ बर्षिय लोक बहादुर राना र ५० वर्षिय जोक बहादुर बुढाको अवस्था गम्भीर छ । जिपमा सवार अन्य चार जनाको अवस्था सामान्य रहेको प्रहरीले बताएको छ ।

Blog Post Ad Blog Post Ad