Ad Area

क्यान्सर रोग बिरामी गोमा भन्छिन,‘औषधी किन्ने पैसा छैन, गरिव कसरी बाच्ने ?’


घोराही,५ चैत । घरको कमजोर आर्थिक अवस्थासँगै श्रीमानबाट एक्लिन परेपछि घोराही उपमहानगरपालिका–१३ लम्हिडाँडा निवासी गोमा चौधरी माइतीको शरणामा पुगिन । केही समय माइतीमै बसेकी गोमाले पैसा कमाउने र आप्mनो घर बनाउने सपना देखिन ।

माइतीमै बसेर आफुले देखेको सपना पुरा हुने अवस्था थिएन,त्यसैले विदेश जाने सोच बनाइन । घोराहीकै एक जना आफन्तीको सहयोगमा करिव दुई बर्षअघि गोमा काठमाडौं हुँदै कुवेत पुगिन । कुवेत पुगेकी गोमाको काम र कमाई राम्रै हुँदै थियो । घरमा सरसफाई गर्नेदेखि खाना बनाउनेलगायका काम गर्ने गर्थिन । पैसा पनि बचत हुँदै थियो । भएको एउटा छोरा दिल्लीमा काम गर्ने गर्दै थिए ।

धन कमाउने र थोरै भएपनि जग्गा जमिन जोड्ने, घर बनाउने आशामा प्रदेशिएकी गोमालाई भाग्यले त्यही पनि ठग्यो । कुवेत पुगेको करिव १८ महिना वित्दै थियो, उनको दाहिने स्तनमा हल्का गाँठो जस्तो देखा प¥यो । त्यो गाँठो विस्तारै बढ्दै र दुख्ने क्रम बढ्दै गयो । केही समय मालिकलाई नभनेर काम गरेकी गोमाले काम गर्नै नसक्ने गरी दुख्न थालेपछि आप्mनो समस्या मालिकलाई आफ्नो समस्या भनेको बताइन ।

आफ्नो समस्या भनेपछि मालिकले घर आउनका लागि विदा दिएर प्लेन टिकट काटिदिएको बताइन । करिव दुई महिनाअिघ घर फर्किएपछि गोमा समस्या लिएर चितवनस्थीत बिपी कोइराला क्यान्सर अस्पताल चितवन पुगिन । त्यहाँ चेक गराउँदा क्यान्सर पुष्टि भयो । क्यान्सर पुष्टि भएपछि अप्रेसन गरेकी ४८ बर्षीया गोमाले किमोथेरापी गराउनु पर्ने भएको छ । उपचारका क्रममा दश लाख बढी खर्च भइसकेको र अहिले किमोथेरापी गराउनका लागि समेत पैसा नहुँदा चितवनबाट फर्किएर आउनु परेको बताइन ।

सोमवार घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरेर गोमाले उपचारका लागि सहयोग गरिदिन सवैसँग आग्रह गरेकी छिन् । श्रीमानको हेलाले एक्लिएकी मलाई भाग्यले पनि ठगेर क्यान्सर भएको बताउँदै गोमाले पत्रकार सम्मेलनमा भनिन्,‘श्रीमानले हेला गरेर कुटपिट गर्न थालेपछि माइतीमा बसेको थिए । सधैभरी माइतीमा बस्नुभन्दा विदेश गएर कमाउँछु भनेर विदेश गए तर भाग्यले ठग्यो बिरामी भएर फर्किनुप¥यो ।’ माइतीमा बसेर उपचार गराउँदै आएकी गोमाको अहिलेसम्म दश लाख बढी खर्च भइसकेको छ ।

डाक्टरका अनुसार राम्रो हुनका लागि अझै ९÷१० लाख रुपैयाँ लाग्ने भनेपनि उनीसँग उपचारका लागि पैसा छैन । जस्ले गर्दा अहिले उपचारका लागि पैसा जुटाउन कहिले वडा कार्यालय, कहिले उपमहानगरपालिका तँ कहिले विभिन्न संघसस्थामा पुग्र्दै आएको बताइन । ‘सम्पतिको नाममा विदेशमा दुःख गरेर कमाएको ७÷८ लाख रुपैँया थियो, त्यो पनि उपचारका क्रममा सकियो’,उनले भनिन्,‘पैसा नहुँदा किमोथेरापी गराउन सकेको छैन, डक्टरले क्यान्सर घाटीसम्म सर्न सक्ने भएकाले नियमित थेरापी गराउने भनेका छन्, तर पैसा छैन ।’

Blog Post Ad

आर्थिक अभावका कारण उपचारमा समस्या भएको भन्दै उनले आप्mनो उपचारमा सहयोग गरिदिन सवैसँग आग्रह गरेकी छिन् । सहयोगका लागि सिद्धार्थ बैंक गोगबु काठमाडौं शाखामा रहेको खाना नं.०१६२०६८४०४० मा पैसा जम्मा गरेर वा आफ्नो मोवाइल नम्वर ९७४८७०९५३६ सम्पर्क गरेर सहयोग गर्न सकिने बताइन ।

Blog Post Ad Blog Post Ad