Ad Area

देउखुरीमा करेन्ट लागेर एकै घरका ३ जनाको मृत्यु


घोराही, १० चैत । दाङमा करेन्ट लागेर एकै घरका ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती गाउँपालिका—३ घण्टदेव चोक निवासी ५५ वर्षीया दिलसरा केसी, उहाँका श्रीमान ६० वर्षीय गोरखबहादुर केसी र ४ वर्षीय नाती कृष्ण केसी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक जनकबहादुर मल्लले जानकारी दिनुभएको छ ।

प्रहरी नायव उपरीक्षक मल्लका अनुसार शनिबार दिउँसो हाइटेन्सन लाइनको विद्युतको तार चुडिएर घरको आगनमा खस्दा करेन्ट लागेर दिलसरा र नाति कृष्णको घटनास्थलमै मृत्यु भएको थियो । करेन्ट लागेर गम्भीर घाइते हुनुभएका गोरखको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

नेपाल विद्युत प्राधिकरणको हाइटेन्सन लाइनको तार एक्कासी चुँडिएर घरको आँगनमा खस्दा उहाँहरुको करेन्ट लागेर मृत्यु भएको प्रहरी नायव उपरिक्षक मल्लले जानकारी दिनुभएको छ । मल्लले भन्नुभयो,‘दिउँसोको समयमा एक्कली हाइटेक्सन लाइनको तार चुडिएर घरको आगनमा खसेको रहिछ, त्यही तारमा पर्दा एकै घरका तीन जनाको मृत्यु हुन पुगेको छ ।’

Blog Post Ad Blog Post Ad