Ad Area

आगामी निर्वाचन कांग्रेस एक्लै लड्छ : केन्द्रीय सदस्य पौडेल


घोराही, १० चैत । । नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य प्रदीप पौडेलले आगामी निर्वाचन कांग्रेस एक्लै लड्ने बताउनु भएको छ । शनिवार दाङको घोराही उपमहानगरपालिका–२ रामपुरमा भएको नेपाली कांग्रेस घोराही नगरको दोस्रो सम्मेलनलाई सम्बोधन गर्दै नेता पौडेलले आगामी निर्वाचनमा कांग्रेसले कसैसँग गठबन्धन नगर्ने बताउँनुभएको हो ।

कांग्रस अव एक्लै निर्वाचन लड्ने भएकाले त्यही अनुसार तयारी गर्न समेत नेता तथा कार्यकर्तालाई अनुरोध गर्नुभएको थियो । नेता पौडेलले भन्नुभयो,‘अव आउने निर्वाचनमा कांग्रेसका कार्यकर्ताले रुखमा भोट हाल्न पाउनुपर्छ । पछिल्लो राजनीतिक तरलताले निर्वाचन प्रक्रियामा कांग्रेसले रुखमा भोट हाल्न नपाउनुको पीडा अब दोहोरिने छैन ।’ कार्यक्रमका प्रमुख अतिथिसमेत रहनुभएका नेता पौडलले सरकार गठनका प्रक्रियामा गठबन्धन भएपनि निर्वाचन एक्लै लड्ने गरी अघि बढ्नुपर्ने अहिलेको आवश्यकता भएको बताउनुभएको थियो ।

पार्टी सुदृढीकरणको अपरिहार्यता रहेको बताउँदै नेता पौडेलले भन्नुभयोे,‘मुलुककै ठुलो पार्टी कांग्रेसको जग भनेका कार्यकर्ता र मतदाता हुन् । निर्वाचनमा पार्टीभित्र धेरै मतभेद उत्पन्न भएका हुन्छन्, यसको कारण रिसाएर बस्नुहुँदैन पार्टीको संगठन निर्माणमा लाग्नुुपर्छ ।’ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मा भएको सत्ता स्वार्थका कारण अहिलेको गठबन्धन भत्किएको भन्दै उहाँले प्रचण्चको यहि प्रवृतिका कारण नयाँ गठबन्धन पनि धेरै टिक्न नसक्ने बताउँनुभयो ।
प्रचण्ड सत्ताका लागि जस्तोसुकै रणनीति पनि अपनाउन तयार रहने गरेको बताउँदै पौडेलले भन्नुभयो,‘कांगे्रस अहिले सरकार बाहिर छ । संसदको सबैभन्दा ठुलो दल प्रतिपक्षमा रहनु देश र जनताका लागि सकारात्मक पक्ष हो । सत्ताका लागि हामी हतारिएका छैनौँ तर परिस्थितिले कांग्रेसलाई सत्तामा पु¥याउँछ, यसमा तपाईंहरु ढुक्क हुनुहोस् । पछिल्लो गठबन्धन लामो समय जान सक्दैन ।’

शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्रभावकारी बनाउन आवश्यक रहेको भन्दै नेता पौडेलल शैक्षिक क्षेत्र र स्वास्थ्य क्षेत्रमा प्रभावकारी सेवाका लागि कांग्रेसले पहलकदमी चाल्न आवश्यक रहेको बताउँनुभएको थियो । पछिल्लो समयमा विदेश पलायन हुनेको संख्या बढ्दै गएको भन्दै नेता पौडेलले भन्नुभयोे,‘ देशमै रोजगारीको सिर्जनाका लागि सरकारले पहल गर्नुपर्छ । देशको श्रमशक्ति देशमै खर्चिने व्यवस्था गर्नुपर्छ । सरकारको प्राथमिकतामा सधै हुनुपर्छ ।’

सम्मेलनमा बोल्ने अन्य बक्ताहरुले कांग्रेसलाई सगठित बनाउँन तल्लो तहदेखि केन्द्रसम्मका नेताहरु एकतावद्ध भएर लाग्नुपर्ने बताउनुभएको थियो । साथै उहाँहरुले तत्कालन सरकारमा जानुभन्दा जनताका पक्षमा आवाज उठाउनुपर्ने समेत बताउनुभएको थियो ।

सम्मेलनमा नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिह पुन, नेपाली कांग्रेस लुम्बिनी प्रदेश प्रवक्ता प्रचण्डविक्रम न्यौपाने, नेपाली कांग्रेस लुम्बिनी प्रदेश सदस्य पुष्पा श्रेष्ठ, जानका केसी, नेपाली कांग्रेस दाङका सभापति शंकरप्रसाद डाँगी,जिल्ला उपसभापतिहरु गिरिराज सुवेदी र कमानसिंह भारती, जिल्ला सचिवहरु अर्जुनकुमार योगी र बालिका लम्साल, नेपाली कांग्रेस पूर्व जिल्ला सभापतिहरु बीरकेश्वरी गौतम, मोहनलाल वली, महासमिति सदस्यहरु भुपबहादुर डाँगी, कमलकिशोर घिमिरे, बद्री खड्का, सावित्रा राना, नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि किरणकिशोर घिमिरे, नेपाली कांग्रेस लुम्बिनी प्रदेश सदस्य लोका विक, नेपाली कांग्रेस क्षेत्र नं. २ का सभापति भीमप्रकाश खड्का, क्षेत्र नं. २ का सभापति प्रकाश श्रेष्ठ, नेपाल दलित संघका जिल्ला अध्यक्ष बाबुराम विक, कांग्रेस नेता पृथ्वी चौधरीलगायतले बोलेका थिए ।

Blog Post Ad

सम्मेलनमा संगठनिक तथा आर्थिक प्रतिवेदन समेत प्रस्तुत गरिएको थियो । नगर सभापति तिलक रावतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपसभापति दुर्लभ केसीले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रमको सहजीकरण सचिव पुष्पराज आचार्यले गरेका थिए ।

Blog Post Ad Blog Post Ad