Ad Area

बसको ठक्करबाट मोटरसाइकलमा सवारको मृत्यु


घोराही,१० चैत । दाङको देउखुरीमा यात्रुवाहक बसले र मोटरसाइकललाई ठक्कर दिदा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन ।

मृत्यु हुनेमा मोटरसाइकलमा सवार राजपुर गाउँपालिका -५ नौसहराका अन्दाजी २४ वर्षीय प्रमोद यादव रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख राम बहादुर केसीले जानकारी दिएका छन् ।

राजपुर गाउँपालिका-५ जंग्रहवा र नौसहराबिचमा रहेको कोरियाखोला पुल नजिक रा १ ख २३६० नम्बरको बसले रा ७ प २०७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

दुर्घटनामा सोही ठाउँ निवासी २४ बर्षीय प्रदीप यादव गम्भीर घाइते भएको प्रहरीले जानकारी दिएको छ । घाइते प्रदीपको लमही अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि बुटवल रिफर गरिएको छ । उनको हात भाँचिएको छ भने शरीरमा अन्य भागमा गहिरो चोटपटक लागेको प्रहरीले जनाएको छ ।

ठक्कर दिने बस र बस चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरीको भनाई छ ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad