Ad Area

देउखुरीमा दुई बस एक आपसमा ठोक्किँदा १३ यात्रु घाइते


घोराही, २१ चैत । दाङको देउखुरीमा बस दुर्घटना हुँदा १३ जना यात्रु घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्गअन्तर्गत लमही नगरपालिका–३ वनगाउँमा दुई वटा बस एकापसमा ठोक्किँदा १३ जना घाइते भएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक शंकर श्रेष्ठले जानकारी दिनुभएको छ ।

प्रहरी निरिक्षक श्रेष्ठका अनुसार बुटवलबाट सुर्खेततर्फ जाँदै गरेको लु १ ख ७३६३ नम्बरको बस र तुलसीपुरबाट बुटवलतर्फ जाँदै गरेको रा १ ख २५८१ नम्बरको बस एक आपसमा ठोकिएर दुर्घटना भएको थियो । दुर्घटना दुवै बसमा सवार यात्रु घाइते भएको प्रहरी निरिक्षक श्रेष्ठले जानकारी बताउँनुभयो ।

दुर्घटनाका सामान्य घाइतेहरूको अहिले लमही अस्पतालमा उपचार भैरहेको छ । त्यसैगरी गम्भीर घाइतेलाई बाहिर पठाउने तयारी भैरहेको भएपनि घाइतेको परिचय र दुर्घटनाको कारण खुल्न सकेको छैन ।

Blog Post Ad Blog Post Ad