Ad Area

गोरक्ष पात्रदेबता सिद्वरत्ननाथ देवीपाटन महायात्राको तयारी पुरा, भोलीदेखि यात्रा शुरु हुने


घोराही, २२ चैत । गोरक्ष पात्रदेबता सिद्वरत्ननाथ देबिपाटन महायात्राको सम्पूर्ण तयारी पूरा भएको छ । यहि चैत २३ गते शुक्रबार बिहान साडे ४ बजे घोराही उपमहानगरपालिका १७ रत्ननाथ मठ चौघेराबाट रथ र झाँकी सहितको यात्रा शुरु हुने मुल आयोजक समितिले जानकारी गराएको छ ।

लुम्बिनी प्रदेश सरकारको सहयोग र समन्वयमा शुक्रवारदेखि शुरु हुने महायात्रा गोरक्षपात्रदेबका विभिन्न विश्राम स्थलहरुमा विश्राम गर्दै बैशाख १ गते बिहान पचमीको दिन भारतको जनकपुरबाट देबिपाटन पुूग्ने कार्यक्रम रहेको छ । कार्यक्रम अन्तरगत घोराहीबाट प्रस्थान भएको महायात्रा घोराही उपमहनगरपालिका अन्तरगत पर्ने चौपटटामा केही समय पुजा आराधाना र विश्रामपछि लमहीका लागि अघि बढने छ । लमहीको अर्जुन खोलाबाट झाकीसहितको पदयात्राले बजार परिक्रमापछि पात्रदेबतासहितको यात्राको टोलीले लमही नगरपालिका ६ देउपुर गोरक्ष धाममा पाँच दिनको बसाइ गर्नेछ।

देउपुरमा गारक्षमहिमा तथा बाचन तथा भजनकृतनसहितको कार्यक्रम हुने भएको छ भने २८ गते देउपुरवाट कोइलावासको लागी यात्रा निस्कनेछ। साविकको पुराना विश्रामस्थल जमुनीवासमा एक छिन विश्राम हुनेछ। र, यात्रा कोईलाबासका लागि अघि बढ्ने छ भने २८ गते कोईलाबासमा एक रात किश्राम पछि चैत्र २९ गते विहान ४ बजे कोइलावासवाट भारतको जनकपुरको लागी यात्रा निस्कनेछ।

चैत्र २९ र ३० गते जनकपुरमा विश्राम हुनेछ। वैशाख १ गते पंचमी तिथि शनिवारका दिन बिहान जनकपुरवाट देविपाटनका लागी रथयात्रासहित विशेष तामझामका साथ गोरक्ष पात्रदेवताको महायात्रा भारतको देबिपाटनको लागि प्रस्थान हुने कार्यक्रम रहेको प्रचार प्रसार समितिका संयोजक लिला शाहले जानकारी दिएकी छिन ।

Blog Post Ad Blog Post Ad