Ad Area

प्रतिष्ठानमा विरामीको कलेजोमा जम्मा भएको पिप सफल शल्यक्रिया


दाङ,५ बैशाख । दाङको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कलेजोमा जमेको पिप निकालेर सफल शल्यक्रिया गरिएको छ । गढवा गाँउपालिका वडा नम्वर ४ गोवरडिहा निवासी ४८ वर्षिय एक जना पुरुषको कलेजोमा जमेको पिप निकालेर सफल शल्यक्रिया गरिएको हो ।

प्रतिष्ठानका रेडियोलोजिष्ट डा वम बिसी, रेडियोलोजिष्ट डा विपिन खनाल, सर्जन डा आत्मानन्द वर्मा, डा उत्सवसहितको चिकिसत्सक, नर्स र स्वास्थ्यकर्मीको टोलीले नचिरेर उच्च नयाँ प्रविधि प्रयोग गरी कलेजोमा जम्मा भएको पिप निकालेर सफल शल्यक्रिया गरेको प्रतिष्ठानका कामु अस्पताल निर्देशक डा रमेश कडेलले जानकारी दिएका छन् ।

शल्यक्रियामा संलग्न चिकित्सक रेडियोलोजिष्ट डा वमले यसअघि चिरेर मात्रै यस्ता खाले शल्यक्रिया हुने गरेकोमा हाल रेडियोलोजि अन्तरगत इन्टर भेन्सनल रेडियोलोजी विधीवाट नचिरेर उपचारात्मक सेवा दिन सफल भएको बताए । विरामी पेट दुखेपछि प्रतिष्ठान उपचारकोक्रममा भर्ना भएका थिए । अर्का रेडियोलोजिष्ट डा विपिनले भिडियो एक्सरेको सहायतामा विरामीको कलेजोमा पिप जमेको फेला परेपछि प्रतिष्ठानका दुवै जना रेडियोलोजिष्ट, सर्जनसहितको स्वास्थ्यकर्मी र नर्सको टोलीले नचिरेर सफल शल्यक्रिया जानकारी दिए ।

पहिले–पहिले कलेजो, किड्निमा जमेको पिप निकाल्न चिरेर नै शल्यक्रिया गरिन्थ्यो त्यो विधि अत्यन्तै जटिल पनि मानिन्थ्यो डा वमले भने तर अहिले नयाँ उच्च प्रविधि प्रयोग गर्दै अहिले रेडियोलोजि अन्तरगत इन्टर भेन्सनल रेडियोलोजि विधीवाट उपचारात्मक सेवा दिन सफल भएका छौ । अव चिर्नु प्रदैन जस्ले गर्दा बिरामीलाई पनि समस्या हुदैन । यो सजिलो विधिवाट अप्रेसन गर्दा विरामीलाई बेहोस पार्न नपर्ने, सामान्य छाला लठ्याएर उपचार गर्न सकिने, छिटोछरितयो उपचार हुने, अस्पताल बस्नु नपर्ने र घाउ पाक्ने समस्या पनि नरहने कामु निर्देशक डा कडेलले बताएका छन् ।

विरामीको अवस्था सामान्य रहेको र प्रतिष्ठानमा अहिले सामान्यदेखि जटिल खालका साना तथा ठुलो अप्रेसन भइरहेको प्रतिष्ठानका सुचना अधिकारी निशानदाजु भट्टराइले बताए । सुचना अधिकारी भट्टराइले कलेजो, किड्निमा पिप जम्नुका साथै सुन्निएका गरेर हालसम्म ६ वटा सफल शल्यकृया यही विधिवाट गरीएको जानकारी दिएका छन् ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad