Ad Area

विद्युत महशुल नतिरेपछि सम्राट सिमेन्टको काटियो बिजुली


घोराही, ५ वैशाख । देउखुरीमा सतबरियामा रहेको सम्राट सिमेन्ट उद्योगले विद्युत महशुल नबुझाएपछि बिजुली काटिएको छ । सम्राट सिमेन्ट उद्योगले करिब ६ करोड रुपैयाँ विद्युत महशुल नबुझाएपछि उद्योगमा जडान गरिएको बिजुली काटिएको नेपाल विद्युत प्राधिकरण लमही वितरण केन्द्रका प्रमुख युवराज रावतले जानकारी दिनुभएको छ ।

नेपाल विद्युत प्राधिकरण लमही बितरण केन्द्रअन्तर्गत रहेको सम्राट सिमेन्ट उद्योगको मंगलबारदेखि बिजुली काटिएको हो । लमही वितरण केन्द्रका प्रमुख रावतका अनुसार नियमित बुझाउनुपर्ने ६ करोड बढी विद्युत महशुल उद्योगले गत माघ महिनादेखि बुझाएको छैन । नेपाल विद्युत प्राधिकरण लमही वितरण केन्द्रका प्रमुख रावतले भन्नुभयो,‘उद्योगको ३६ करोड बढी विद्युत बक्यौता बुझाउन बाँकी रहेको छ । पुरानो बक्यौता विवादका कारण अदालतमा मुद्धा परेको र छानविनको काम भइरहेको छ । तर उद्योग माघ महिनादेखि नियमित बिद्युत महशुल बुझान अनाकानी गरेपछि बिजुली काटिएको छ ।’

विद्युत काटिएपछि उद्योगका प्रतिनिधिहरु सम्पर्कमा आएको र विद्युत महशुल बुझाउने भनेपनि नबुझाएको कार्यालय प्रमुख रावतले बताउनुभयो । उद्योगले नियमिततर्फको विद्युत महशुल बुझाएपछि मात्रै बिजुली जोडिने बताउनुभएको छ । सिमेन्ट उद्योगले २०७३÷०७४ सालको पनि विद्युत महशुल तिर्न बाँकी रहेपनि डेडिकेट र अनडेडिकेट विवादका कारण करिव ३६ करोड बढी विद्युत बक्यौता तिरेको छैन । यसअघि विद्युत महशुल नतिरेको भन्दै नेपाल विद्युत प्राधिकरणले जिल्लामा रहेका घोराही समेन्ट उद्योग र सोनापुर मिनरल्स एन्ड वाईल प्रालिको बिजली काटिदिएको थियो ।

Blog Post Ad Blog Post Ad