देउखुरीको हाडबासमा आगलागी हुँदा २४ घर जलेर नष्ट

घोराही,१६ वैशाख । देउखुरीको राजपुर गाँउपालिका–७ हाडबास गाउँमा आगलागी हुँदा २४ घर जलेर नष्ट भएका छन्। जंगलमा लागेको आगो बस्तीमा पुग्दा गाँउका २४ घर जलेका हुन् ।
गाउँमा रहेका २५ घरमध्ये २४ घर आगलागीबाट जलेर नष्ट भएको राजपुर गाउँपालिका-७ का वडाध्यक्ष पुष्कर ओलीले जानकारी दिएका छन्।
वडाध्यक्ष ओलीका अनुसार गाउँसम्म पुग्ने बाटो नहुँदा आगो निभाउन दमकल पुग्न सकेको छैन। जसका कारण आगलागी नियन्त्रणमा लिन सकिएको छैन।