Ad Area

नेपालगञ्ज विमानस्थलमा ‘स्याल’ ठोक्कियो विमान


बाँके,९ मंसिर । नेपालगञ्ज विमानस्थलमा अवतरणका क्रममा बुद्ध एयरको विमान एक जनावरसँग ठोक्किएको छ । बाँकेका प्रहरी प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेकाअनुसार काठमाडौंंबाट छुटेको विमान बुधबार साँझ ७ ः १ बजेतिर नेपालगञ्ज विमानस्थलमा अवतरण गरेको थियो ।

अवतरणका क्रममा धावन मार्गमा स्यालको बच्चाजस्तो देखिने जनावरसँग ठोक्किएको डीएसपी न्यौपानेले बाह्रखरीलाई जानकारी दिएका छन् । उनकाअनुसार चालकदलसहित सबै यात्रु सकुशल छन् ।

स्यालजस्तो देखिने जनावर भएको बताएको विमानस्थलमा खटिएका एकजना प्रहरी अधिकारीले बताए । ती अधिकारीकाअनुसार धावनमार्गमा रगतसँगै ठोक्किएको जनावरको शरीरको केही भाग देखिएको थियो । पछि धावनमार्गलाई पानीले पखालिएको उनले बताए । यसअघि सोही विमानस्थलमा गत कात्तिक १६ गते सीता एयरको जहाजमा बँदेलसँग ठोक्किएको थियो ।

Blog Post Ad Blog Post Ad