Ad Area

राष्ट्रिय आईटिएफ तेक्वान्दोमा एक स्वर्णसहित तीन पदक


घोराही, ३० बैशाख । २३ औँ राष्ट्रिय आईटिएफ तेक्वान्दो प्रतियोगिता–२०८१ मा दाङका खेलाडीले एक स्वर्णसहित तीन पदक जितेका छन् ।

नेपाल इन्टरनेसनल तेक्वान्दो महासंघ त्रिपुरेश्वर काठमाडौँको आयोजना तथा रोल्पा आईटिएफ तेक्वान्दो संघको सहआयोजना एवं व्यवस्थापनमा रोल्पाको परिवर्तन गाउँपालिकामा भएको प्रतियोगितामा सहभागी चार जना खेलाडीहरुमध्ये तीन जनाले पदक जित्न सफल भएका हुन ।

प्रतियोगितामा लुम्बिनी प्रदेश आईटिएफ तेक्वान्दो संघको प्रतिनिधित्व गर्दै खेलेकी संञ्चिता पुनले स्वर्ण पदक जित्न सफल भएकी छिन् । ७० केजी प्लस तौल समूहमा प्रतिष्पर्धामा उत्कृष्ठ खेल प्रदर्शन गरेकी पुनले गण्डकी प्रदेशकी महिला खेलाडीलाई फाइनलमा हराउँदै लुम्बिनी प्रदेशका लागि स्वर्ण पदक दिलाउन सफल भएकी हुन । स्वर्ण पदकसँगै पुनले मेडल र प्रमाणपत्र प्राप्त गरेकी थिइन ।

त्यसैगरी प्रतियोगितामा अनुराग रोकाले लुम्बिनी प्रदेशलाई रजत पदक दिलाएका छन् । ८० केजी प्लस तौल समूहमा प्रतिष्पर्धा गरेका रोकाले प्रतियोगिताको फाइनल खेलमा गण्डकी प्रदेशका खेलाडीसँग पराजित हुँदै रजत पदकमा दिलाउन सफल भएका हुन । यसैगरी प्रतियोगितामा सहभागी भएकी आइटिएफ तेक्वान्दो खेलाडी सृष्टि योगीले काश्य पदक दिलाउन सफल भइन ।

४०–४५ केजी तौल समूहमा प्रतिष्पर्धा गरेकी योगीले काश्य पदक दिलाउन सफल भएकी दाङ जिल्ला आईटिएफ तेक्वान्दो संघका अध्यक्ष भीमबहादुर थापाले जानकारी दिएका छन् । प्रतियोगितामा लुम्बिनी प्रदेशको प्रतिनिधित्व गर्दै दाङ जिल्लामा चार जना खेलाडीहरु सहभागी भएपनि खेलाडी अनिशा घिमिरे पदक विहिन हुन पुगेकी थिइन । वैशाखको २९ गतेदेखि सुरु भएको प्रतियोगितामा लुम्बिनी प्रदेशका १५ जना खेलाडीहरुले सहभागीता जनाएका थिए । प्रतियोगितामा बिजयी खेलाडीहरुलाई मेडल, प्रमाणपत्र प्रदान गरिएको थियो ।

प्रतियोगितामा लुम्बिनी प्रदेशसहित कोशी प्रदेश, मधेस प्रदेश, वागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश, सुदुरपश्चिम प्रदेश, नेपाल आर्मी क्लब, नेपाल एपिएफ क्लब, नेपाल पुलिस क्लब र रोल्पा आईटिएफ तेक्वान्दो संघका खेलाडीहरु सहभागी भएका थिए ।

Blog Post Ad
Blog Post Ad Blog Post Ad