Ad Area

दाङमा जिल्लास्तरीय अन्तरविद्यालय कप फुटबल प्रतियोगिता हुने


घोराही, ३१ वैशाख । दाङमा जिल्लास्तरीय अन्तरविद्यालय कप फुटबल प्रतियोगिता–२०८१ हुने भएको छ ।

घोराही उपमहानगरपालिका–१२ मा रहेका हापुर युथ क्लव र गुर्जे युवा क्लवको संयुक्त आयोजनामा बेलझुण्डी रंगशालामा जिल्लास्तरीय अन्तरविद्यालय कप फुटबल प्रतियोगिता हुन थालेको हो ।

प्रतियोगितामा जिल्लाका विभिन्न निजी तथा सामुदायिक विद्यालयमा कक्षा ८ सम्म अध्ययनरत खेलाडीहरु सहभागी हुन पाउने व्यवस्था गरेको हापुर युथ क्लवका अध्यक्ष बिनोद विकले जानकारी दिएका छन् । उनका अनुसार विद्यालयस्तरदेखि नै खेलकुद क्षेत्रको विकास गर्ने उद्देश्यले आउन जेठको १० गतेदेखि प्रतियोगिता सुरु हुने भएको छ ।

प्रतियोगिताको बिजेता टिमले नगद ४० हजारसहित कप,मेडल र प्रमाणपत्र र उपबिजेता हुने टिमले नगद २० हजारसहित कप,मेडल र प्रमाणपत्र प्राप्त गर्ने भएको छ । साथै उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीहरुलाई विधागततर्फ पुरस्कृत गरिने भएको छ । प्रतियोगिताका लागि टिम दर्ता हुने समय जेठको जेठ ८ गते दिउँसो ३ः३० बजेसम्म टिम दर्ता भइसक्नुपर्ने आयोजकले जानकारी गराएको छ ।

 

Blog Post Ad Blog Post Ad

Blog Post Ad