Ad Area

`म माथि झुठो आराेप लाग्याे, घटनाको सत्यतथ्य छानविन हाेस´


दाङ,२ जेठ । दाङको राजपुर गाउँपालिकाका वडा सदस्य प्रमाेद बस्नेतले आफुमाथी विना कारण कुटपिट गरेकाे आराेप लागेकाे भन्दै घटनाको सत्यतथ्य अनुसन्धान गर्न माग राखेका छन ।

राजपुर गाउपालिका वडा नम्बर ७ को  माध्यमिक विद्यालय सिक्टाका प्रधानाध्यापक बिष्णु खत्रीले वडा सदस्य बस्नेतले आफुमाथी कुटपिट गरेकाे आराेप लगाएपछि बस्नेतले त्यस आराेपकाे खण्डन गर्दै सत्यतथ्य पत्ता लगाउन माग राखेका छन ।

बुधबार प्रेस विज्ञप्ति जारी गर्दै बैशाख ३१ गते वडा कार्यालयमा बैठक बस्ने क्रममा विद्यालयका प्रअ खत्रीले अश्लील शब्द बाेल्दै अभद्र व्यवहार गरेकाे विज्ञप्तिमा उल्लेख गरेका छन ।  प्रअ खत्रीले  विद्यालयमा राजनीति गरिरहेकाे, नि:शुल्क शिक्षा भएपनि विद्यार्थीबाट रकम असुल गरेकाे बारेमा कुरा गर्दा उल्टै आफुमाथी आइलाग्दा प्रतिरक्षा गर्नुपरेकाे बस्नेतले स्पष्ट पारेका छन । साे विद्यालयका प्रअ खत्री पटकपटक विवादमा मुछिदै आएका छन ।

Blog Post Ad Blog Post Ad