Ad Area

इन्डो–नेपाल तेक्वान्दो प्रतियोगितामा दाङको टिम दोश्रो


 

हिमाल विक
दाङ,२ जेठ । भारतको चण्डीगढमा भएको तेश्रो इन्डो–नेपाल अन्तराष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपालबाट सहभागी भएको दाङको तेक्वान्दो टिम दोश्रो भएको छ । नेगी तेक्वान्दो टाइगर इन्टरनेसनल एकेडेमी भारतको आयोजनामा चण्डीगढमा भएको प्रतियोगितामा ९ पदकसहित दाङको टिम दोश्रो हुन सफल भएको हो ।

प्रतियोगितामा खेलाडीहरु देबराज खाम्चाले ५२ केजी तौल समूह, रितु रानाले ५७ केजी तौल समूह, कल्पना बिकले ५३ केजी तौल समूह, सार्थक विसीले ४८ केजी तौल समूह, सागर चौधरीले ५४ केजी तौल समूह, विकास केसीले ४० केजी तौल समूह, जीवन राउतले ३८ केजी तौल समूह र सन्तोष घर्तीले ४२ केजी तौल समूहमा स्वर्ण पदक जितेका थिए । त्यसैगरी प्रतियोगितामा पुम्सेतर्फ ४० बर्ष मुनि उमेर समूहतर्फ खेलाडी राजेन्द्र बिकले स्वर्ण जितेका थिए । प्रतियोगितामा बिजेता खेलाडीहरुले शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेका थिए ।

प्रतियोगिता बैशाखको २९ र ३० भएको थियो । दुई दिनसम्म चलेको उक्त तेस्रो इन्डो–नेपाल अन्तराष्ट्रिय तेक्वान्दो प्रतियोगितामा आयोजकसहित १५ टिमको सहभागीता रहेको थियो । उक्त प्रतियोगितामा आयोजक नेगी तेक्वान्दो टाइगर इन्टरनेसनल एकेडेमी प्रथम, भारतको उत्तर प्रदेशको टिम तेश्रो भएका थिए । प्रतियोगितामा एक हजार बढी खेलाडीहरको सहभागीता रहेको थियो । प्रशिक्षक तथा तेक्वान्दोका अन्तराष्ट्रिय निर्णायक भीमलाल विक र राष्ट्रिय निर्णायक बमबहादुर बिकको नेतृत्वमा खेलाडीहरुको टिम भारत गएको थियो ।

 

Blog Post Ad Blog Post Ad

Blog Post Ad