Ad Area

घोराही-तुलसीपुर सडकखण्डको बेलझुण्डीमा बस दुर्घटना,दश जना घाइते


घोराही, ४ जेठ । दाङमा बस दुर्घटनामा परेको छ । घोराही–तुलसीपुर सडकखण्डअन्तर्गत बेलझुण्डीमा तुलसीपुरबाट काठमाडौं जान थालेको प्रदेश नं. ३–०१००६ ख ०९७५ नम्वरको बस दुर्घटना परेको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी तथा प्रहरी नायव उपरिक्षक जनकबहादुर मल्लले जानकारी दिनुभएको छ ।

उहाँका अनुसार दुर्घटनामा करिव दश जना घाइते  भएको र उहाँको अवस्था सामान्य रहेको बताउनुभयो । प्रहरी नायव उपरिक्षक मल्लका अनुसार घाइतेहरुलाई उद्धार गरेर उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर रिफर गरिएको बताउनुभयो । प्रहरी नायव उपरिक्षक मल्लले भन्नुभयो,‘दुर्घटनामा परेका यात्रुहरुको उद्धार गरेर उपचारका लागि तुलसीपुरस्थीत राप्ती प्रादेशिक अस्पताल पठाइएको छ ।’ उहाँको अनुसार घाइतेको परिचय खुल्न सकेको छैन ।

उहाँका अनुसार बस के कारणले उद्घाटनामा परेको भन्ने अझै खुल्न सकेको छैन । बेलुकी पाँच बजे तुलसीपुरको बसपार्कबाट छुटेको बस बेलझुण्डीमा दुर्घटनामा परेको हो । घट्ना बारेमा थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरिक्षक मल्लले जानकारी दिनुभएको छ ।

Blog Post Ad Blog Post Ad