Ad Area

एमाले दाङको अधिवेशनको तयारी पुरा, अध्यक्ष ओलीले उद्घाटन गर्ने


घोराही, ५ जेठ । नेकपा एमाले दाङको १४ औँ जिल्ला अधिवेशन यही जेठ ६ र ७ गते हुने भएको छ । नेकपा एमाले दाङ जिल्ला कमिटी प्रचारप्रसार उपसमितिले शुक्रवार घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरेर ६ र ७ गते हुन थालेको जिल्ला अधिवेशनको बारेमा जानकारी गराएको हो ।

अधिवेशनको तयारीका लागि प्रतिनिधि छनोट गर्ने,प्रचारप्रसार, मञ्च व्यवस्थापनलगायतको तयारी अन्तिम चरणमा पुगेको नेकपा एमाले दाङ जिल्ला कमिटी अध्यक्ष हुकुम बस्नेतले जानकारी दिनुभएको छ । जिल्ला अध्यक्ष बस्नेतका अनुसार १४ औं अधिवेशनको आइतवार विहान ११ बजे घोराहीस्थीत सभाहलमा नेकपा एमालेका केन्द्रीय अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । अधिवेशनका लागि भएको तयारीका बारेमा जानकारी गराउँदै जिल्ला अध्यक्ष बस्नेतले भन्नुभयो,‘नेत्रलाल अभागी स्मृति दिवसका अवसरमा हुने जिल्ला अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ ।’

अधिवेशनका लागि जिल्लाभरबाट सात सय ७८ जना प्रतिनिधिहरु छनोट भइसकेकाले अहिले कम्प्युटरमा नामहरु इन्ट्री गर्ने काम भइरहेको बताउनुभयो । उहाँका अनुसार जिल्लाका लागि जिल्लामा पुरुषबाट तीन सय ७३ जना, महिलाबाट १ सय ८३ जना, दलितबाट १ सय ४३ जना, जनवर्गीय संगठनहरुबाट ८९ जना प्रतिनिधि सर्वसहमत छनोट भएको बताउनुभएको छ । उहाँले पार्टीको नेतृत्वसँगै पदाधिकारकिा लागि धेरै जना आकाक्षीहरु रहेपनि अधिवेशनले सर्वसहमतिमै नेतृत्व चयन गर्ने बताउनुभएको थियो ।

१४ औँ जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रममा केन्द्रीय अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री ओलीसँगै नेकपा एमालेका केन्द्रीय महासचिव शंकर पोख्रेल,नेकपा एमालेका केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्याललगायत पोलिटव्युरो सदस्य,स्थायी कमिटी सदस्य,केन्द्रीय सदस्य,लुम्बिनी प्रदेश अध्यक्षलगायतका नेताहरु ऋाउने कार्यक्रम रहेको जानकारी दिनुभएको थियो । पत्रकार सम्मेलनमा नेकपा एमाले दाङ अध्यक्ष हुकुम बस्नेत, पोलिटव्यूरो सदस्य शान्ता चौधरी,केन्द्रीय सदस्य सिता सिक्देल न्यौपाने,साजिदा सिद्धिकीले १४ जिल्ला अधिवेशनका लागि तयार गरिएको लोगो सार्वजनिक गर्नुभएको थियो ।

Blog Post Ad Blog Post Ad