Ad Area

वडा अध्यक्ष शाहद्वारा एमाले परित्याग गरेको घोषणा


घोराही, जेठ ८ गते । घोराही उपमानगरपालिका वडा नं ८ का वडा अध्यक्ष जितेन्द्र शाहले नेकपा एमाले पार्टीबाट राजिनामा दिनुभएको छ ।

वडा अध्यक्ष शाहले मंगलवार घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरेर पार्टीभित्र मौलाएको व्यक्तिबादी प्रवृतिसँगै गुन्डागर्दी, भ्रष्टाचारलगायतका क्रियाकलापमा संलग्नलाई संरक्षण गर्ने पार्टी र जनताको हितमा लाग्नेलाई पन्छाउने गरिएको भन्दै पार्टीको सवै जिम्मेवारीबाट अलग भएको घोषणा गर्नुभएको हो ।

२०७९ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट वडा अध्यक्षमा निर्वाचित भएर पार्टीको नीति र सिद्धान्त अनुसार जनताको समृद्धि र वडाको विकासका लागि काम गर्न खोजेपनि आफुले त्यसमा नगर प्रमुख नरुलाल चौधरीबाट सहयोग प्राप्त गर्न नसकेको बताउनुभयो । वडा अध्यक्ष शाहले भन्नुभयो,“वडाको विकाससँगै जनतालाई समृद्ध बनाउनका लागि मैले यो विचमा धेरै काम गरेको छु, त्यसका साथै आर्थिक रुपमा विपन्न घरपरिवारलाई सहयोग गर्ने,बालबालिकालाई निशुल्क कापी कलमदेखि शिक्षा, वडामा निशुल्क एम्बुलेन्सलगायतका सेवा दिदै सुशासनको प्रत्याभुति दिलाउने का मगर्दै आएको छु ।”

तर जनपक्षिय काम गर्न खोज्दा पार्टीकै मान्छेको निर्देशनमा आफुमाथि भौतिक आक्रमण गर्न लगाउने र उनीहरुलाई कारवाहीको माग गर्दा उल्टै पार्टीको जिल्ला सदस्यमा लगेर पुरस्कृत गर्नेदेखि प्रहरीलाई समेत दबाफ दिएर रोक्ने काम गरिएको बताएका छन् । यसरी पार्टीभित्र गलत प्रवृतिका मानिसहरुलाई संरक्षण गर्ने र अघि बढाउने कार्य भएपछि आफुले बाध्य भएर राजिनामा दिएको बताए । साथै उनले पार्टीभित्रकै मान्छेहरुबाट आफ्नो ज्यानको समेत खतरा रहेकाले आफुले पाटी छोडेको पत्रकार सम्मेलन गरेर जानकारी गराएका थिए ।

वडा अध्यक्ष शाहले निर्वाचनका क्रममा जनतासँग गरेको प्रतिवद्धता अनुसार घोराहीमा काम हुन नसकेको समेत आरोप लगाए । साथै उनले सडक, शिक्षा, स्वास्थ्यलगायत जनतासँग प्रत्यक्ष जोडिएका विषयमा निर्वाचनमा गरिएको प्रतिवद्धता अनुसार काम गर्नुपर्ने भएपनि नगर प्रमुख नै भ्रष्टाचारलगायतका गलत प्रवृतिमा संलग्न व्यक्ति तथा कर्मचारीहरुको संरक्षण गर्न लाग्दा काम हुन नसकेको बताएका थिए । वडा अध्यक्ष शाहले पार्टीबाट राजिनामा दिएपनि वडा अध्यक्षबाट भने राजिनामा नदिने बताएका छन् । वडा अध्यक्ष शाहले यसअघि पनि वडा अध्यक्ष र पार्टीबाट राजिनामा दिएपनि पुनः जिम्मेवारीमा फर्किएका थिए ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad