Ad Area

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते


घोराही, ९ जेठ । दाङको देउखुरीमा दुई मोटरसाइकल एक आपसमा ठोक्किएर भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुइजना घाइते भएका छन् ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत भालुबाङबाट लमहीतर्फ जाँदै गरेको लुम्बिनी एएए ८७०० नम्बरको मोटर साइकल र लमहीबाट भालुबाङतर्फ जाँदै गरेको रा ३ प ८२४५ नम्बरको मोटरसाइकल लमही नगरपालिका–१ नर्तीमा एक आपसमा ठोक्किएर भएको दुर्घटनामा रोल्पा जिल्ला गंगादेब गाउँपालिका–६ ताप्ला बजार निवासी ५४ वर्षीय बीरबहादुर खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक जनकबहादुर मल्लले जानकारी दिनुभएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता समेत रहनुभएका प्रहरी नायव उपरिक्षक मल्लका अनुसार दुर्घटनामा घाइते खड्काको लमही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।
दुर्घटनामा घाइते रोल्पा गंगादेव गाउँपालिका–६ ताल्चा बजार निवासी ५७ बर्षीय कमानसिंह खत्री र रुपन्देही जिल्ला गैडहवा गाउँपालिका–७ छत्रपुरुवाका ३१ वर्षीय अजय मिश्रको लमही अस्पतालमा उपचार भइरहेको छ । घट्ना बारेमा थप अनुसन्धान प्रहरीले गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Blog Post Ad Blog Post Ad