Ad Area

हिमाल एकेडेमीले मनायो ८ औ भलिबल दिवस


लक्ष्मण बस्नेत
दाङ,९ जेठ । हिमाल एकेडेमी तुलसीपुरले ८ औँ राष्ट्रिय भलिबल दिवस एक कार्यक्रमकाबिच मनाएको छ ।

“स्वास्थ्यको लागी खेलकुद, राष्ट्रको लागि खेलकुद” भन्ने मुल नाराका साथ दिप प्रज्वलन गरि ८ औँ राष्ट्रिय भलिबल दिवस मनाइएको हो । बिद्यालयका एकेडेमीक कोर्डिनेटर तथा भलिबलका एफआईभिबी लेवल वान कोच तथा भलिबल प्रशिक्षक द्रोणप्रकाश चन्दको सभापतित्व तथा दाङ जिल्ला भलिबल संघका महासचिव लक्ष्मण बस्नेतको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बिद्यालयमा अध्ययनरत बिद्यार्थी र अध्यापनरत शिक्षककाबिच मैत्रपूर्ण भलिबलको आयोजना समेत गरिएको थियो ।

कार्यक्रम लाई सम्बोधन गर्दै प्रमुख अतिथि बस्नेतले राष्ट्रले भलिबल खेल लाई राष्ट्रिय खेलको रूपमा घोषणा गरेपनि अपेक्षाकृत रुपमा यसको बिकास र बिस्तार हुन नसकेको बताउनु भएको छ । खेलकुद क्षेत्र त्यसमाथि पनि भलिबल खेल लाई राष्ट्रिय खेल घोषणा गरेको आज आठौ वर्ष पुग्दै गर्दा यसको विकासमा राज्यको चासो र चिन्तन सहितको दृष्टि पुग्न नसक्नु दुखद हो अब राज्यले भलिबल लाई हेर्ने र बुझ्ने दृष्टिकोण फराकिलो बनाउन आवश्यक छ बस्नेतले भन्नुभयो।

कार्यक्रममा बोल्दै विशिष्ट अतिथी प्याब्सन दाङका अध्यक्ष मधुसूदन केसीले खेलकुद बालबालिकाको सर्वाङिन बिकासको आधारस्तम्भ भएकाले हरेक बिधालयले शिक्षा जत्तिकै महत्वका साथ खेलकुदलाईसंगसंगै लैजानु पर्ने बताउनुभयो । कार्यक्रमका सभापति एवं बिद्यालयका एकेडेमीक कोर्डिनेटर तथा भलिबलका एफआईभिबी लेवल वान कोच द्रोणप्रकाश चन्दले बिद्यालयमा खेलमैत्री वातावरणका साथ शिक्षण सिकाई लाई प्रभावकारी ढंगले अगाडि बढाउन बिधालय लागि परेको बताउनुभयो ।

कार्यक्रमका अबसरमा बिधालयका प्रिन्सिपल नवीनकुमार पराजुलीलगाएतले शुभकामना मन्तव्य ब्यक्त गर्नु भएको थियो ।
कार्यक्रमको सहजीकरण भीमलाल मरासिनीले गर्नु भएको थियो ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad