Ad Area

विद्यार्थीलाई पानीपुरी,मकै बेच्न सिकाउँदै गुरुकुल 


घोराही, १२ जेठ । दाङको घोराही उपमहानगरपालिका वडा नं १५ मा रहेको गुरुकुल एकेडेमी बिद्यालयका बिद्यार्थीहरुले प्रयोगात्मक रुपमा घोराही बजारको बिभिन्न चोकचोकमा छुट्टा छुट्टै ब्यबसाय गरेका छन ।

शैद्धान्तिक शिक्षा मात्र नभएर ब्यबहारीक शिक्षाको पनि अनुभव गराउन स्कुलले बिद्यार्थीहरुलाई ब्यबसायमा खटाएको हो । गुरुकुल एकेडेमी घोराहीका बिद्यार्थी बिभिन्न चोकमा ब्यापार गर्न ब्यस्त थिए । कुनै चोकमा पानिपुरी ,कुनैमा मकै ,कुनैमा खरबुजा, कुनैमा लस्सीको ब्यापार गरेको देख्न सकिन्थ्यो । कसैले ग्राहक बोलाउन ब्यस्त थिए त कसैले हिसाव गरीरहेका थिए ।

त्यो कुनै बास्तविक ब्यबसाय नभएर घोराहीमा रहेको गुरुकुल एकेडेमीले पढाईसंगै ब्यबहारीक शिक्षा दिने गरी प्रयोगात्मक कक्षाको ब्यबसाय थियो । २०७२ सालबाट संचालनमा आएको गुरुकुल एकेडेमिले सुरुवातिबाट नै आफ्नो बिद्यार्थिहरुलाई यस्ता अतिरीक्त क्रियाकलापमा सहभागि गराउदै आएको छ । शिक्षामा पढाईले मात्र बास्तविक जिवनमा भोगिने कुराहरुलाई नसिकाउने भएकाले प्रयोगात्मक रुपमा यस्ता काम गरी ब्यबहारमा उतार्ने उद्धेश्यका साथ बजारका बिभिन्न ७ वटा चोकमा बिभिन्न ब्यबसाय गरीएको बिद्यार्थीहरुले बताएका छन ।

कक्षा ११ ब्यबस्थापन संकायमा अध्यनरत बिद्यार्थीहरु यो कृयाकलापमा सहभागी भएका थिए । बिद्यार्थीले आफ्नै लगानिमा यो ब्यबसाय संचालन गरेका हुन । जसबाट फाइदा आएको रकम कुनै सामाजिक कार्यमा लगाउने कक्षा ११मा अध्ययणरत छात्रा बिनिता थापाले बताइन । गुरुकुल एकेडेमीका बिद्यार्थीहरुले उत्पादन गरेका बिभिन्न प्रकारका खानेकुराहरु ग्राहकहरुले पनि उतिकै मन पराएका छन । बिद्यार्थिहरुले बनाएको खाने कुरा खादै ग्राहक नेवबहादुर केसीले बिद्यार्थीहरुको कामको प्रशंसा समेत गरेका थिए । गुरुकुल एकेडेमीमा अध्यनरत बिद्यार्थीहरुको यो क्रियाकलापप्रति अभिभावकहरु पनि निकै उत्साहित हुँदै आगामी दिनमा पनि यस्ता क्रियाकलापलाई निरन्तरता दिनुपर्ने अभिभावक किरण रेग्मिले बताउनुभयो ।

विद्यार्थीको यो ब्यबसाय गर्ने कला र उनीहरुको कामप्रति बिद्यालय पनि निकै खुसी भएको छ । शिक्षासंगै ब्यबहारीक ज्ञान प्रदान गर्ने यो प्रयोगात्मक कक्षामा आफुहरु सफल भएको र जुन उद्धेश्य लिएर काम गरीएको थियो त्यो पुरा भएको बिद्यालयका शिक्षक तथा प्लस टु विज्ञान संयोजक अवय शाहले बताउनु भयो । पढाई पछि भबिष्यमा सबै बिद्यार्थीहरु केहि न केहि पेशामा लाग्ने भएको हुदा र कुनै बिद्यार्थीहरु ब्यापारमा पनि लाग्ने भएको हुदा ब्यापारमा नाफा घाटा कसरी हुन्छ र लगानि कसरी गर्ने र कसरी सफलता प्राप्त गर्ने भन्ने कुरालाई प्रतक्ष्य रुपमा जानकारी मिलोस भनेर आज यो ब्यबसायको प्रयोगात्मक शिक्षा दिइएको बिद्यालयका अध्यक्ष ई अनन्तराज घिमिरेले बताउनुभयो ।

सैदान्तिक शिक्षासंगै ब्यबहारीक शिक्षाको आबश्यकता रहेको भन्दै आगामि दिनमा पनि यस्ता क्रियाकलापलाई निरन्तरता दिने उँहाको भनाई छ । विद्यार्थीहरुले पनि यो कार्यबाट निकै अनुभव बटुलेका छन । विद्यालयका शिक्षकहरु विबेक देबकोटा , भुगोल कवर मगर , अजय शाह , राजन अधिकारी लगायत बिद्यालयका प्रधानाध्यापक डा कृष्णराज डिसी लगायतको निगरानिमा कार्यक्रम सम्पन्न भएको छ ।

Blog Post Ad
Blog Post Ad Blog Post Ad