Ad Area

अग्नी पीडितलाई गायत्री परिवारको मलहमट्टी


देउखुरी,१२ जेठ । देउखुरीका विभिन्न क्षेत्रमा आगलागीबाट पीडित बनेका परिवारलाई गायत्री परिवारले आर्थिक सहयोग गरेर मलमपट्टी लगाउने काम गरेको छ । देउखुरीको राजपुर गाउँपालिका–७ हाडबास र लमही नगरपालिका–९ तरुलियामा आगलागीबाट पीडित बनेका २६ घर परिवारलाई गायत्री समाजले नगद सहयोग गरेको हो ।

आगलागीबाट पीडित बनेका परिवारहरुलाई सानो भएपनि सहयोग मिलोस भनेर परिवारले आर्थिक सहयोग गरेको गायत्री परिवार दाङ जिल्ला कार्यसमिति कोषाध्यक्ष श्रीराम दहित बताउँनुहुन्छ । उहाँका अनुसार परिवारले तरुलियाका दुई घरलाई नगद पाँच हजार र हाडबासका २४ घरपरिवारलाई २४ हजार पाँच सय ५० रुपैयाँ सहयोग गरेको छ ।

गायत्री शक्तिपिठ गुल्मीका साधक नरहरि घिमिरेबाट दश हजार, गायत्री परिवार दाङका कार्यसमिति सदस्य घोराही निवासी श्रीमन न्यौपानेबाट पाँच हजार, गायत्री परिवार तुलसीपुर नगर समिति तथा वडा समिति संयुक्त रूपमा संकलित २९ हजार पाँच सय ५० रुपैयाँबाट अग्नी पीडित परिवारलाई सहयोग गरिएको थियो । गायत्री समाजले अग्नी पीडित परिवारलाई बस्तीमै पुगेर नगद पाँच हजारका दरले सहयोग गरेको थियो । साथै समाजले अग्नी पीडित परिवारलाई जति सक्यो चाडै सुरक्षित रुपमा बसाल्ने गरि सुरक्षित आवास निर्माण गर्नका लागि समेत सम्वन्धी पक्षलाई आग्रह गरेको छ ।

त्यसैगरी समाजले लमही नगरपालिका–९ तरुलिया निवासी अग्नी पीडित परिवारलाई आर्थिक सहयोगको आवश्यकता रहेको भन्दै सवैसँग सहयोगका लागि आग्रह गरेको छ । परिवारको सदस्य समेत गुमाउने गरि भएको आगलागीबाट पीडित बनेका परिवार लामोसम्म अर्काको घरमा बस्न बाध्य भएको भन्दै उक्त परिवारलाई सुरक्षित आवास निर्माणका लागि पहल गरिदिन सवैसँग आग्रह गरेको हो । तरुलियामा आगलागी हुँदा बिरबहाुर बोटेको मृत्यु भएको थियो ।

अग्नी पीडित परिवारलाई राहत सामग्री सहयोग गर्दै गायत्री साधक टोपबहादुर केसीले परिवारका सदस्यहरुबाट संकलित सानो रकमबाट अग्नी पीडित परिवारलाई सहयोग गरेर दुःखमा मलमपट्टी लगाउने काम गरेको बताएका थिए । राहत सहयोग हस्तान्तरण कार्यक्रममा गायत्री परिवार दाङ जिल्ला कार्यसमिति कोषाध्यक्ष श्रीराम दहित, तुलसीपुर नगर संयोजक दुर्गाप्रसाद भण्डारी, वडा संयोजक नारायण भुसाल, सहसचिव शुष्मा गिरी, सरस्वती भण्डारी,ओम वलीले परिवारकोतर्फबाट सानो सहयोग गर्न पाउँदा खुशी लागेको बताएका थिए । कार्यकममा लमही नगरपालिका ९ का निर्वतमान वडा सदस्य खिमबहादुर योगीको सहभागीता रहेको थियो।

Blog Post Ad Blog Post Ad

Blog Post Ad