Ad Area

दुर्घटनामा घाइते दुईको उपचारका क्रममा मृत्यु


घोराही, १८ जेठ । दाङमा मोटरसाइकल र अटो एक आपसमा ठोक्किदा भएको दुर्घटनामा घाइते मोटरसाइकल चालकसहित दुईजनाको मृत्यु भएको छ ।

विहीवार साँझ तुलसीपुर उपमहानगरपालिका–२ मा कुमलगडीबाट तुलसीपुरतर्फ आउदै गरेको रा १ ह ४०९६ नम्बरको अटो र बिपरित दिशाबाट जाँदै गरेको रा ७ प २५० नम्बर मोटरसाइकल एक आपसमा ठोक्किदा भएको दुर्घटनामा गम्भीर घाइते मोटरसाइकल चालक बबई गाउँपालिका–४ निवासी ३० बर्षीय राजेश भण्डारी र मोटरसाईलकमा सवार सोही ठाउँ निवासी ३१ बर्षीय साकार केसीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव उपरीक्षक ठाकुर पोख्रेलले जानकारी दिनुभएको छ ।

प्रहरी नायव उपरीक्षक पोख्रेलका अनुसार दुर्घटनामा गम्भीर घाइतेलाई तुलसीपुरस्थीत राप्ती प्रादेशिक अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि नर्सिङहोम नेपालगञ्ज लगिएकोमा उपचारका क्रममा राती मृत्यु भएको थियो । दुर्घटनामा परि गम्भीर घाइते हुनुभएका अटो चालक शान्तिनगर गाउँपालिका–७ खैरेनी निवासी ४३ बर्षीय रुद्रबहादुर थापाको नर्सिङहोम नेपालगञ्जमा उपचार भइरहेको छ । घट्नाबारेमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

Blog Post Ad Blog Post Ad