Ad Area

आधारभुत मनोविमर्श तालिम


दाङ, १८ जेठ । मानवीय सहायता नेपालको आयोजना तथा घोराही उपमहानगरपालिका वडा नम्वर १७ को आर्थिक सहयोगमा आधारभुत मनोविमर्श तालिम शुक्रवार सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष बसन्त पोख्रेलको अध्यक्षता तथा वडा अध्यक्ष रामलाैटन चौधरीको प्रमुख आतिथ्यमा भएको तालिमका सहभागिले पछिल्लो समयमा मनको व्यवस्थापन ठुलो चुनौती हुन थालेको बताएका छन् । बढी भौतिकवादी हुँदा भावना गौण हुदै जाँदा मन विचलित भएर मनमा आघात पुग्ने बताएका थिए ।

मनोविमर्शकर्ता भुमिका जिएमले प्रशिक्षण दिनुभएको तालिममा वडा अध्यक्ष रामलैटन चौधरी, नेपाली का‌ङ्ग्रेसका बुझौना चौधरी, नेकपा एमालेका प्रतिक्षा पौडेल, राष्ट्रिय जनमोर्चाका मणिराम खनाल, पत्रकार विष्णु पोख्रेललगायतले बोल्नु भएको थियो । सचिव देविराम कुसारीले सहजिकरण गरेको तालिममा स्थानीय महिला पुरुष गरी ७५ जनाको सहभागिता रहेको थियो ।

Blog Post Ad Blog Post Ad