Ad Area

नेतृत्व विकास र सञ्चार सम्बन्धि कार्यशाला सम्पन्न


घाेराही, २१ जेठ । ग्रामीण महिला उत्थान केन्द्र दाङको आयोजनामा घोराहीमा २ दिने नेतृत्व विकास र सञ्चार कार्यशाला गोष्ठी  (Leadership and Communication Workshop) घाेराहीमा सम्पन्न भएको छ ।

ग्रामीण महिला उत्थान केन्द्र दाङका अध्यक्ष आसमानी चौधरीको अध्यक्षता तथा संस्थाका संस्थापक सल्लाहकार सोगतवीर चौधरीको प्रमुख आतिथ्यमा साेमबार संस्थामा आवद्ध सदस्य तथा कर्मचारीहरुका लागि कार्यशाला गाेष्ठी गरिएको हाे । कार्यक्रममा प्रमुख अतिथि चौधरीले समाज रुपान्तरण र परिवर्तनका लागि काम गर्दै आएका कर्मचारीहरुलाई कार्यशाला गोष्ठीले नेतृत्व र व्यक्तित्व विकासमा महत्वपूर्ण भुमिका खेल्ने बताउनुभयाे ।

कार्यक्रममा संस्थाका अध्यक्ष चौधरीले आत्मनिर्भर र सशक्त समाजको सिर्जना गर्ने उद्देश्यले स्थापना भएको यस संस्थाले समुदायमा रहेका महिला, अल्पसंख्यक, सिमान्तकृत वर्गहरुलाई उत्थान गर्दै आएकोमा त्यस क्षेत्रमा कार्यरत कर्मचारीहरुका लागि क्षमता अभिवृद्धि गर्नलाई यस कार्यशालाले अहम भुमिका निर्वाह गर्ने बताउनुभएको थियो ।

यसैगरी कार्यक्रममा सहभागीका तर्बाट आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडका आन्तरिक लेखा परिक्षक सुशीला गिरीले काम गर्दा हरेक व्यक्तिले लक्ष्य, भुमिका र आत्मसमिक्षासहित काम थालेमा सफलता हासिल गर्न सक्ने बताउनुभयो । उहाँले आफुले गर्ने काममा कटिवद्ध र प्रतिवद्धताका साथ गर्ने बताउनुभएको थियो ।

ग्रामीण महिला उत्थान केन्द्रका ममता चौधरीले कार्यशालाले जीवनलाई बुझ्न र योजनासहित अगाडी बढ्न महत्वपूर्ण मार्ग देखाएको बताउँदै आगामी दिनमा सिकेको सिपलाई व्यवहारमा पनि उतार्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा संस्थाका हितबहादुर थापा, तृष्णा चौधरी, पुरन अधिकारी लगायतले कार्यशाला गाेष्ठीमा सिकेको अनुभव सुनाउनुभएको थियो । कार्यशादाकाे प्रशिक्षकमा अन्तर्राष्ट्रिय प्रशिक्षक निवास संस्थाका इनोभेसन एण्ड ईम्प्याक्ट डाईरेक्टर सुस्मा श्रेष्ठ रहनु भएको थियो ।

Blog Post Ad
Blog Post Ad Blog Post Ad