Ad Area

दाङका लागि पाँच अर्ब ५९ करोड बजेट विनियोजन


घोराही, २४ जेठ  । दाङमा सङ्घीय सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि पाँच अर्ब ५९ करोड बढी बजेट विनियोजन गरेको छ । जिल्लामा चालु तर्फ चार अर्व ९५ करोड तीन लाख र पूजीगततर्फ ६४ करोड एक लाख गरेर पाँच अर्ब ५९ करोड चार लाख रुपियाँ बजेट विनियोजन गरिएको अर्थ मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखाले जनाएको छ ।

सङ्घीय सरकारले जिल्लाका १० स्थानीय तहहरुलाई समानीकरण अनुदानतर्फ एक अर्ब ४६ करोड तीन लाख बजेट विनियोजन गरेको छ । त्यसैगरी सशर्त अनुदान तर्फ तीन अर्ब ३२ करोड ५० लाख, विशेष अनुदान तर्फ आठ करोड ४५ लाख र समपुरक अनुदान तर्फ आठ करोड ५० लाख वजेट गरी कुल चार अर्ब ९४ करोड तीन लाख बजेट अनुदानको व्यवस्था गरेको हो ।

आर्थिक वर्ष २०८१/०८२ मा घोराही उपमहानगरपालिकाले एक अर्ब १३ करोड १६ लाख बजेट पाउने छ । जसमा चालुतर्फ एक अर्ब एक करोड ५४ लाख र पुँजीगततर्फ ११ करोड ६२ लाख रहेको छ । समानीकरण अनुदान ३० करोड ३१ लाख, सशर्त अनुदान ८२ करोड १० लाख विशेष अनुदान ७५ लाख पाउने भएको छ ।

तुलसीपुर उपमहानगरपालिकाले एक अर्ब चार करोड २३ लाख बजेट पाउने भएको छ । जसका चालुतर्फ ९६ करोड ७३ लाख र पुँजीगततर्फ सात करोड ५० लाख रहेको छ । समानीकरण अनुदानतर्फ २७ करोड ९६ लाख, सशर्त अनुदान ७४ करोड ८२ लाख र समपुरक अनुदान एक करोड ४५ लाख बजेट पाउने भएको छ ।

लमही नगरपालिकाले ४९ करोड १४ लाख वजेट पाउने भएको छ । जसमा चालुतर्फ ३७ करोड २७ लाख र पुँजीगत  ११ करोड ८७ लाख बजेट रहेको छ । समानीकरण अनुदान १४ करोड सशर्त अनुदानतर्फ ३३ करोड पाँच लाख समपुरक अनुदान एक करोड ५० लाख बजेट पाउने भएको छ ।

यसैगरी, गढवा गाउपालिकाले ४२ करोड ६३ लाख बजेट पाउने भएको छ । जसमा चालुतर्फ ३१ करोड आठ लाख र पुँजीगततर्फ १० करोड ७५ लाख बजेट रहेको छ । समानीकरण अनुदानमा १२ करोड ४४ लाख, सशर्त अनुदानमा २६ करोड ८४ लाख, विशेष अनुदान एक करोड ८५ लाख र समपुरक अनुदानमा एक करोड ५० लाख बजेट पाउने छ ।

Blog Post Ad

दंगीशरण गाउँपालिकाले दुई करोड २८ लाख बजेट पाउने छ । जसमा चालुतर्फ २२ करोड ७६ लाख र पुँजीगत खर्च पाँच करोड ५० लाख बजेट रहेको छ । समानीकरण अनुदानमा नौ करोड २६ लाख, सशर्त अनुदानमा १६ करोड ७० लाख, विशेष अनुदानमा एक करोड ८० लाख र समपुर ५० लाख बजेट पाउने भएको छ ।

बंगलाचुली गाउँपालिकाले ३१ करोड ७३ लाख बजेट पाउने भएको छ । जसमा चालुतर्फ २८ करोड २३ लाख र पुँजीगततर्फ तीन करोड ५० लाख बजेट रहेको छ । समानीकरण अनुदान १८ करोड आठ लाख, सशर्त अनुदान २१ करोड आठ लाख विशेष अनुदान ५० लाख बजेट पाउने भएको छ । बबई गाउँपालिकाले २९ करोड २७ लाख बजेट पाउने भएको छ । जसमा चालुतर्फ २६ करोड ४२ लाख र पुँजीगततर्फ दुई करोड पाँच लाख बजेट रहेको छ । समानीकरण अनुदानमा १० करोड ३३ लाख, सशर्त अनुदानमा एक करोड १४ लाख विशेष अनुदानमा १० लाख बजेट पाउने भएको छ ।

राजपुर गाउँपालिकाले ३० करोड सात लाख बजेट पाउने भएको छ । जसमा चालुतर्फ २५ करोड र पुँजीगततर्फ पाँच करोड ७८ लाख बजेट रहेको छ । समानीकरण अनुुदानमा नौ करोड ५४ लाख, सशर्त अनुदानमा १८ करोड ७९ लाख, विशेष अनुदान एक करोड २५ लाख र समपुरक अनुदानमा एक करोड २० लाख वजेट रहेको छ ।

त्यसैगरी, राप्ती गाउँपालिकाले ३७ करोड ६७ लाख वजेट पाउने भएको छ । जसमा चालुतर्फ ३५ करोड चार लाख र पुँजीगततर्फ दुई करोड ६३ लाख बजेट रहेको छ । समानीकरण अनुदानमा १३ करोड २० लाख, सशर्त अनुदानमा २१ करोड ९७ लाख, विशेष अनुदान एक करोड ५० र समपुरक अनुदान एक करोड रहेको छ । शान्तिनगर गाउँपालिकाले २८ करोड ९६ लाख बजेट पाउने भएको छ । जसमा चालुतर्फ २६ करोड ९५ लाख र पुँजीगततर्फ दुई करोड एक लाख बजेट रहेको छ । समानीकरण अनुदानमा नौ करोड ९३ लाख, सशर्त अनुदानमा १७ करोड ६८ लाख र समपुरक अनुदानमा एक करोड ३५ लाख बजेट रहेको छ ।

Blog Post Ad Blog Post Ad