Ad Area

विद्यार्थीलाई आम्दानीसंग जोड्न बेसार खेती


मनिषा विक

दाङ, २६ जेठ । तुलसीपुर उपमहानगरपालिका १ मा अवस्थित वीरेन्द्र माध्यमिक विद्यालय भ्यूडहर सुनपुरले विद्यार्थीलाई शिक्षासंगै व्यावहारिक ज्ञानसंग जोड्न थालेको छ । विद्यार्थीले पढ्दै कमाउँदै गरुन् भन्ने उद्देश्यले विद्यालयको ७ कट्ठा जग्गामा बेसार खेतीको सुरुवात गरिएको छ ।

विद्यार्थीहरूको सिकाइलाई व्यावहारिक बनाउने, परियोजना कार्यलाई जोड दिने र निकट भविष्यमा नै पढ्दै र कमाउँदै कार्यलाई सञ्चालन गर्ने उद्देश्यका साथ उक्त कार्यको सुरुवात गरिएको प्रधानाध्यापक टोप बहादुर घर्तीले बताउनुभयो ।

विद्यालयको नाममा १० विगाहा क्षेत्रफलको जग्गा रहेको छ । विद्यालयले केही जग्गा विद्यालय सञ्चालन, केही मदन भण्डारी रङगशाला र बाँकी जग्गा खेतीका लागि भाडामा दिदै आएको छ ।

खेतीयोग्य जग्गालाई पक्की घेराबारका लागि माथिल्लो निकायबाट बजेट बिनियोजन गर्न सकेमा आँप, लिची जस्ता फलफूलबाट वार्षिक १०र १५ लाख जति विद्यालयले आम्दानी गर्न सक्ने सम्भावना रहेको प्रअ घर्तीले बताउनुभयो ।

कक्षा ६ देखि कक्षा १० सम्म अध्ययनरत विद्यार्थी र शिक्षक कर्मचारीको सक्रिय सहभागिताले बेसार खेती सुरुवात गरिएको हो । बेसार खेतीको लागि विद्यार्थीहरूले घरघरबाट प्रारङ्गारिक मल ल्याएका थिए ।

Blog Post Ad

विद्यालयले केही केरा खेती गरेको र मकै, फूल खेतीलाई पनि यसै वर्षबाट सुरुवात गर्ने लक्ष्य लिएको प्रधानाध्यापक घर्तीले बताउनुभयो । बिहानै ६ बजे नै विद्यालयमा उपस्थित भएर सामूहिक रुपमा साथीहरू र गुरुहरुसँगै बेसार खेतीमा रमाउँदा विद्यार्थीहरू निकै उत्साहित र खुसी भएका थिए ॥

Blog Post Ad Blog Post Ad