Ad Area

फुटसल प्रतियोगिताको उपाधि ज्ञानज्योति तुलसीपुरलाई


तुलसीपुर,२६ जेठ । ज्ञानज्योति एजुकेसन फाउन्डेसनद्वारा सञ्चालित संस्कार पाठशाला दाङको आयोजनामा सञ्चालन गरिएको फुटसल प्रतियोगिताको उपाधि ज्ञानज्योति माध्यमिक विद्यालय तुलसीपुरले जितेको छ ।

शनिवार भएको फाईनल खेलमा पब्लिक ज्ञानज्योति माध्यमिक विद्यालय बम्नैलाई १ का विरुद्ध ४ गोल अन्तरले पराजित गर्दै ज्ञानज्योति तुलसीपुरले उपाधि जितेको हो । प्रथम र दोस्रो हुने टिमलाई नगतसहित सिल्ड, मेडल र प्रमाणपत्र ज्ञानज्योति एजुकेसन फाउन्डेसनमा सिइओ सुरेन्द्र जिसीले प्रदान गर्नुभएको थियोे ।

कार्यक्रममा खेल अबधि गरि रेफ्रीको भुमिका निर्भाह गर्नुहुने कमल डाँगी, एलिस विकलाई मायाको चिनोसहित सम्मान गरिएको थियोे । फुटसल प्रतियोगितामा फाउन्डेसनअन्तर्गतका ८ विद्यालयहरुको सहभागिता रहेको खेल संयोजक सुरज वलीले जानकारी दिनुभयो ।

कार्यक्रममा बोल्दै फाउन्डेसनमा सिइओ सुरेन्द्र जिसीले विद्यार्थीलाई शिक्षासंगै खेलकुदमा जोड्नका लागि फाउन्डेसनले फुटसल कोर्ट निर्माण गरेको र यसरी हुने प्रतियोगिताले खेलकुदको विकास गराउन, दक्ष खेलाडी उत्पादनमा महत्त्वपूर्ण भुमिका खेल्ने बताउनुभयो । उक्त फुटसल कोर्टको उद्धघाटन गत बुधबार अखिल नेपाल फुटबल संघ एन्फाका टेक्निकल डाईरेक्टर तथा राष्ट्रिय टोलीका पूर्व कप्तान हरि खड्काले गर्नुभएको थियो ।

Blog Post Ad Blog Post Ad