Ad Area

घोराहीमा एक सय ६२ किलोमिटर सडक कालोपत्रे


घोराही, ४ असार । घोराहीमा सात बर्षको अवधिमा एक सय ६२ किलोमिटर सडक कालोपत्रे गरिएको छ । पहिलो पटक स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भए पश्चात हालसम्म घोराही उपमहानगरपालिकाअन्तर्गत विभिन्न वडामा एक सय ६२ किलोमिटर सडक कालोपत्रे गरिएको हो ।

यसअवधिमा दुई सय १६ किलोमिटर सडक ग्राभेल तथा स्तरोन्नती, एक सय ६७ किलोमिटर नयाँ सडक निर्माण, ५९ किलोमिटर सडक नियमित मर्मत भएको घोराही उपमहानगरपालिकाले जनाएको छ । सात बर्षको अवधिका घोराहीका १९ वडाका विभिन्न वस्तीहरुमा एक सय ६३ वटा स्थानीय पुल तथा कल्भर्ट निर्माण, दुई वटा झोलुङ्गे पुल निर्माण भई सवै वडाहरु सडक सञ्जालसँग जोडिन पुगेको घोराही उपमहानगरपालिका नगर प्रमुख नरुलाल चौधरीले जानकारी दिनुभएको छ । उहाँका अनुसार यो अवधिमा ७४ किलोमिटर ढल तथा नाला निर्माण भएको छ ।

सडक निर्माणले आवागमनमा सहजता हुनका साथै जनताको सामाजिक, आर्थिकस्थीतिमा समेत सुधार ल्याउन सहयोग खेलेको बताउनुभएको छ । सडक पूर्वाधार विकासअन्तर्गत घोराहीमा स्थानीय सरकारसँगै संघीय तथा प्रदेश सरकारको सहयोग सडक विस्तारसँगै कालोपत्रे गरिएको नगर प्रमुख चौधरीले बताउनुभएको छ । नगर प्रमुख चौधरीका अनुसार नगरका विभिन्न वडामा रहेका बस्तीहरुलाई सडक सञ्जालसँग जोड्ने र गाउँगाउँसम्म कालोपत्रे सडक पु¥याउने लक्ष्य अनुसार सडक कालोपत्रे गरिएको बताउनुभयो ।

नगरका १९ वटै वडाहरु सडक सञ्जालमा जोडिएसँगै सवारी आवागमनमा सहजता भएको भन्दै नगर प्रमुख चौधरीले भन्नुभयो,‘सडक सञ्जालको विकासले हिडडुल गर्न सहजता हुनका साथै जनताले गाउँमा उत्पादन गरेको कृषि सामग्रीको बजारीकरणमा सहयोग खेलेको छ ।’ सडक पुर्वाधार विकासलाई प्राथमिकतामा राखेर बजेट बिनियोजन गर्दा प्रत्येक वडाका बस्तीहरुसम्म सडक सञ्जाल पुगेको बताउनुभएको छ । अहिले पनि सडक, पुललगायतका भौतिक पूर्वाधार निर्माणको काम भइरहेकाले यो प्रगति थप घोराही उपमहानगरपालिकाले जनाएको छ ।

 

Blog Post Ad Blog Post Ad

Blog Post Ad