Ad Area

सहरी स्वास्थ्य केन्द्रको भवन प्रयोगविहिन


घोराही, ३ असार । सहरी क्षेत्रका नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने भनेर निमार्ण गरिएको सहरी स्वास्थ्य केन्द्रको भवन लागुऔषध प्रयोगकर्ताको अखडा बनेको छ । घोराही उपमहानगरपालिका–१५ उत्साह टोलमा ५२ लाख २० हजार रुपिँया खर्च गरेर निमार्ण गरिएको ४ कोठे भवन संरक्षण नहुँदा लागुऔषध प्रयोगकर्ताको अखडा बन्न पुगेको हो ।

सहरी स्वास्थ्य केन्द्रको भवनमा औषधी, स्वास्थ्यकर्मीहरु हुनुपर्ने भएपनि लागुऔषध प्रयोगकर्ताको अखडा बन्दा रक्सी र चुरोटका बट्टालगायतको फोहरैफोहर रहेको छ । तर सम्वन्ध निकाय भने थाहा नपाए झै गरेर पन्छिने गरेको छ । सहरी स्वास्थ्य केन्द्रका लागि गतबर्ष बैशाखमा निर्माण भएको भवन प्रयोगमा नआउँदा कार्यालय भने भाडाको भवनमा सञ्चालन गर्नुपर्ने बाध्यता रहेको छ ।

सहरी स्वास्थ्य केन्द्रको भवन निर्माण भएको भवन लामो समय प्रयोगमा नआउँदा चार कोठे भवनका झ्याल ढोका फोडिएका साथै कोठामा मिनरल वाटर, रक्सीका बोतल, चुरोटका ठुटासँगै दिशापिसाब गर्ने गरिएको उत्साह टोल निवासी टोपलाल अधिकारी बताउँनुहुन्छ । सहरी स्वास्थ्य केन्द्रको भवन लागुऔषध प्रयोगकर्ताहरुको अखडा बन्दा पटक पटक सम्वन्धी निकायलाई जानकारी गराउँदा समेत उक्त भवनको संरक्षणमा ध्यान नदिएको उहाँ बताउँनुहुन्छ ।

सहरी क्षेत्रमै निर्माण भएको भवन प्रयोगमा आउन नसक्दा लाखौ रुपियाँ खर्च गरेर निर्माण भएको भवन अलपत्र परेको भन्दै स्थानीय अधिकारीले भन्नुभयो,‘निर्माण भएको भवन प्रयोगविहिन बनिरहँदा सहरी स्वास्थ्य केन्द्र भने सोही भवनको नजिकैको घरमा भाडा सञ्चालन हुँदैन आएको छ ।’ प्रयोग नगरेपनि कर्मचारीले संरक्षणमा समेत ध्यान नदिएको स्थानीय अधिकारी बताउँनुहुन्छ । तर सहरी स्वास्थ्य केन्द्रका प्रमुख हिरण्य शर्माले भने भवन निर्माण सम्पन्न नहुँदै झ्याल,ढोकासँगै जडान गरिएका विद्युतीय उपकरण तोडफोड गरिएकाले सर्न नसकिएको बताउँनुभएको छ । उ

हाँले भन्नुभयो,‘गतबर्ष निर्माण भएपनि सहरी स्वास्थ्य केन्द्रलाई भवन हस्तान्तरण हुन सकेको थिए । सोही कारण हामी सर्न सकेनौ अहिले हेर्न जाँदा बस्ने जस्तो अवस्था नभएपछि मर्मतको काम गर्ने तयारी भइरहेको छ ।’ उहाँका अनुसार भाडाको भवनबाट सेवाग्राहीलाई सेवा दिदा समस्या हुने बताउनुहुन्छ । गत बर्ष बैशाखमा निर्माण भएको सहरी स्वास्थ्य केन्द्रको भवन प्रयोगमा नआउँदै झ्याल, ढोकालगायतका विद्युत तारमा क्षति भएपछि अहिले पुनःनिर्माणसँगै भवनका लागि आवश्यक सामाग्री खरिद गर्ने काम भइरहेको घोराही उपमहानगरपालिका वडा नं. १५ का वडा अध्यक्ष रमेशकुमार पाण्डेय बताउँनुहुन्छ । उहाँका अनुसार प्रदेश सरकारबाट करिव २० लाख बजेट आएपनि अहिले करिव ८ लाख रुपियाँबाट तोडफोड भएको मर्मतसँगै सहरी स्वास्थ्य केन्द्रका लागि खानेपानीको ट्याङ्की खरिद, पानी निकासका लागि नाला निर्माण लगायतको काम गर्ने तयारी भइरहेको बताउनुभयो ।

सहरी स्वास्थ्य केन्द्रको भवन निर्माणका लागि २०७९ साल बैशाख ११ गते खत्री निर्माण सेवासँग सम्झौता भएको थियो । सम्झौता अनुसार साढे दुई तहे चार कोठे भवन निर्माण कम्पनीले २०८० बैशाख नौ गते काम सम्पन्न गरेको घोराही उपमहानगरपालिका पूर्वाधार महाशाखा प्रमुख इन्जिनियर युवराज पौडेल बताउँनुहुन्छ ।

Blog Post Ad

 

 

Blog Post Ad Blog Post Ad