Ad Area

जिल्ला ए डिभिजन लिग फुटबल बुधवारदेखि सुरु हुँँदै, उदघाटन खेलमा बडहरा र युनाइटेड भिड्ने


लक्ष्मण बस्नेत
दाङ, ४ असार । दाङमा बुधबारदेखि जिल्ला ए डिभिजन लिग फुटबल प्रतियोगिता २०८१ सुरु हुँदैछ । दाङ जिल्ला फुटबल संघको आयोजना तथा अखिल नेपाल फुटबल संघ एन्फाको तत्त्वाधानमा हुने प्रतियोगिताको उद्घाटन खेलमा बडहरा फुटबल क्लब घोराही र युनाईटेड फुटबल क्लब तुलसीपुरका बिच प्रतिस्पर्धा हुनेछ । प्रतियोगितका खेलहरु बेलझुण्डीस्थीत रंगशालामा हुने छन् ।

असार १९ गतेसम्म संचालन हुने प्रतियोगितामा जिल्लाका १२ क्लबको सहभागिता रहेको छ । लिग कम नकाउट प्रणालीका आधारमा खेलाईने प्रतियोगितामा सहभागी क्लबलाई दुई समुहमा बिभाजन गरिएको छ । समूह ए मा युनाईटेड फुटबल क्लब तुलसीपुर, न्यू स्टार फुटबल क्लब नारायणपुर, सक्सेस फुटबल तुलसीपुर, बडहरा फुटबल क्लब घोराही, एसएसएफए तुलसीपुर र इनोभेटिम ज्ञानज्योती फुटबल क्लब तुलसीपुर रहेका छन् ।

त्यस्तै समूह बि मा नवलपुर फुटबल एकेडेमी घोराही, टाईगर युवा क्लब तुलसीपुर, युएनबिसी घोराही, किसान जागृत युवा क्लब घोराही, राप्ती फुटबल क्लब घोराही र लक्ष्य युबा क्लब तुलसीपुर रहेको दाङ जिल्ला फुटबल संघका अध्यक्ष संजात धितालले जानकारी दिनु भएको छ। समूह ए र समूह बि का बिजेता, उपबिजेता टिमले सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछन् ।

लिगको बिजेता टिमले नगद ५० हजार, कप, मेडल प्रमाणपत्र हात पार्नेछ भने उपबिजेता टिमले नगद २५ हजार,मेडल, प्रमाणपत्र हात पार्नेछ । करिव दुई साता अघि दाङ जिल्ला फुटबल संघले जिल्लास्तरीय बी डिभिजन लिग क्वालिफायर्स नकाउट फुटबल प्रतियोगिता सम्पन्न गरेको थियो ।

Blog Post Ad Blog Post Ad