Ad Area

९ औं राष्ट्रिय हाप्किडो प्रतियोगितामा गोरखालाई दुई स्वर्णसहित ६ पदक


घोराही, ४ असार । ९ औंँ राष्ट्रिय हाप्किडो प्रतियोगिता २०८१ मा घोराहीको गोरखा डोजाङले दुई स्वर्णसहित ६ पदक जितेको छ ।

नेपाल हाप्किडो संघको आयोजनामा कर्णाली प्रदेशको राजधानी सुर्खेतमा भएको ९ औं राष्ट्रिय हाप्किडो प्रतियोगितामा दाङको घोराहीमा रहेको गोरखा इन्टरनेशनल पव्लिक सेकेण्डरी स्कुल घोराहीमा रहेको गोरखा डोजाङबाट सहभागी भएका खेलाडीले दुई स्वर्ण, दुई रजत र दुई काश्य पदक जित्न सफल भएका हुन ।

प्रतियोगितमा उत्कृष्ट खेल प्रदर्शन खेलाडी स्मारिका बुढा मगर र अञ्जली विष्टले स्वर्ण पदक जितेका छन् । त्यसैगरी प्रतियोगितामा खेलाडी राजन चौधरी र सन्देश जिएमले रजत पदक तथा बिक्रान्त भण्डारी र बसन्ता ठेडी मगरले काश्य पदक जितेको प्रशिक्षक बिशाल थापाले जानकारी दिएका छन् ।

प्रशिक्षक थापाका अनुसार गोरखा डोजाङबाट १० जना खेलाडीले सहभागीता जनाएका थिए । नेपाल हाप्किडो सककघको आयोजना तथा राष्ट्रिय खेलकुद परिषद् तथा कर्णाली खेलकुद परिषद्को स्वीकृतिमा नवौँ राष्ट्रिय हाप्किडो च्याम्पियनसिप कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आइतबारदेखि सुरु भएको च्याम्पियनसिप मंगलवार सम्पन्न भएको थियो ।

Blog Post Ad Blog Post Ad