Ad Area

योग मानव आत्माहरूको लागि ईश्वरीय उपहार


अन्तर्राष्ट्रिय योग दिवस

माधव तिमिल्सेना

योग संस्कृत शव्द “युज”धातुबाटशुरुभएकोमानिन्छजसकोअर्थयोगफल, जोड तथा नियमन हुन्छ । ध्यानलाई अंग्रेजीमा Meditation भनिन्छ जुन ल्याटिन भाषाको Meditatio (मेडिटियो) बाट उत्पति भएको हो, जसको अर्थ to think,contemplate,devise  अर्थात सोच्नु, चिन्तन गर्नु वा विचार गर्नु हुन्छ । । It is called Rajyoga Meditation Because It enables a Person to become the Master of the Self Which is King Of Yoga’s. राजयोग ध्यान योगहरुको राजा मानिन्छ किनकि यसले व्यक्ति स्वयंलाई आफैमाथि शासन गर्न सक्षम वनाउँछ ।

ईश्वरीय ज्ञानको चिन्तन मनन नै योग हो । योग भनेको मानसिक र शारीरिक रूपमा हामीलाई सधैं, स्वस्थ बनाई राख्ने एउटा साधना हो । वास्तवमा योग भनेको एउटा वशीकरण मन्त्र हो । आज प्रायः मानिसमा विवेक छ तर सद्विवेक छैन । ज्ञान छ तर सद्ज्ञान छैन । विद्या छ तर सद्विद्या छैन । त्यसैले पनि आजको यस आधुनिक युगमा राजयोग सिक्नु नितान्त आवश्यक महसुस गरिएको छ । राजयोग भनेको मनमा छरिएर रहेका शक्तिलाई केन्द्रित गर्ने एउटा साधना हो । अन्तर्निहित शक्तिहरुको जागृतीले जीवनमा खुशीको मात्रा बढ्न जान्छ र मानसिक स्वास्थ्य एवम् शारीरिक स्वास्थ्यमा पनि लाभ मिल्दछ ।

वास्तवमा राजयोग साधनाले मानव जीवनमा अन्तर्नीहित, शारीरिक, मानसिक र आध्यात्मिक ऊर्जाका बीच सामञ्जस्य कायम गर्दछ । जब मानिस यी तीनै शक्तिहरूबीच पूर्ण समरसता कायम गर्न सफल हुन्छ, त्यस अवस्थामा उसको व्यक्तित्व, मूल्य, गुण र शक्तिको ज्वलन्त उदाहरण बन्दछ । व्यक्ति जस्तोसुकै समस्या, परिस्थिति र चुनौतीहरूलाई सहजरूपमा ग्रहण गर्ने र त्यसको नकारात्मक प्रभावबाट स्वयंलाई अप्रभावित राख्ने हैसियत राख्दछ ।

“मन चंगा तो कठौती में गंगा” काशीका कर्मयोगी संत रविदासजीले गंगामा नुहाउने क्रममा एउटी महिलालाई आफ्नो कंगन वस्त्र हराएर रोईरहेको अवस्थामाुकठौतीु नामक काठको भाँडोको सहायताले महिलाको वस्त्र खोजेर निकाल्नु भयो । त्यसपछि उहाँले भन्नुभयो( “मन चंगा तो कठौती में गंगा”।तर वर्तमान समयमा मूल्यमान्यताको पतन र द्रुत रूपमा परिवर्तन भइरहेको सामाजिक, आर्थिक अवस्था र मानव सम्बन्धमा तीतोपनले मानिसको मनमा अत्यन्तै नकारात्मक प्रवृत्ति उत्पन्न भईरहेको छ ।

Blog Post Ad

अहिले ८ वर्षको बच्चाले पनि मानसिक तनावको भाषा बोल्न र बुझ्न थालेको छ । साना बालबालिकाको जीवनमा पनि मानसिक तनाव प्रवेश गरेको छ । बाल्यकाल नै मानसिक तनावबाट सुरु भएको हो भने बाँकी जीवनको यात्रा कति मानसिक तनाव र संघर्षले भरिएको हुन्छ भन्ने सहजै अनुमान गर्न सकिन्छ । अर्को नयाँ कुरा यो नयाँ युगका डिजिटल ज्ञानी अभिभावकहरूले मोबाइल गीतहरू मार्फत आफ्ना बच्चाहरूलाई मनोरञ्जन दिइरहेका छन्। फेसबुक चलाउने र आधुनिकतामा हुर्केका व्यस्त आमाहरूसँग आफ्ना बच्चाहरूलाई लोरी गाउने र सुत्ने समय हुँदैन। केही दशकअघि मात्र हामी सबैले आमाको काखमा लुकेर जीवनको साँचो शान्ति महसुस गरेका थियौं।

आमाको काखमा बसेर हामीले हाम्रो जीवनलाई उज्यालो बनाउने शान्ति, माया, करुणा र दयाको मूल्यको मन्त्र सिकेका छौं। बालबालिकालाई मूल्य अभिवृद्धि गर्ने शैक्षिक कथाहरू सुनाउनमा हजुरआमाको भूमिका आज धेरै सीमित भएको छ। भर्चुअल रियालिटीको संसारमा हुर्किरहेका बालबालिकाको मानसिक स्वास्थ्य दिनानुदिन अस्वस्थ बन्दै गएको छ । त्यसैले सभ्य समाज निर्माणको लागिआधुनिकता एवं पूर्वीय दर्शन, सांस्कृतिक र आध्यात्मिक मूल्यमान्यताबीच समन्वय हुनु आवश्यक छ ।

योग नै मानिसलाई आधुनिकता र आध्यात्मिकतासँग जोड्ने एकमात्र पुल हो। हाम्रो जीवनशैलीमा योगलाई स्थान दिएर मात्र स्वस्थ र स्वच्छ समाजको कल्पना गर्न सकिन्छ । किनभने योगको माध्यमबाट मात्र मानव जीवनको गतिविधिलाई नियन्त्रण गर्ने मनलाई सवल र सुदृढ बनाउन सकिन्छ।स्वस्थ दिमाग नै सुख, शान्ति, समृद्धि र जीवन मुक्तिको प्रवेशद्वार हो।

योग मार्फत सबैको सहयोग

जब तपाईं योगको माध्यमबाट आफ्नो व्यक्तिगत जीवनलाई सुधार्नको लागि आफूभित्र सकारात्मक सोचको विकास गर्नुहुन्छ, तब तपाईंको प्रयासले समाजको लागि ठूलो योगदान दिन्छ। समाजका कमजोर व्यक्तिहरूलाई पैसा, भौतिक वस्तु र स्रोतसाधनले सहयोग गर्न पनि सजिलो हुन्छ। समाजका व्यक्तिले पनि भौतिक साधनमा सहयोग गर्नुपर्छ । तर मानसिक रूपमा कमजोर व्यक्तिहरूलाई पैसा र भौतिक स्रोतहरूको समर्थन चाहिँदैन।

भौतिक साधन र सुविधाले धनी मानिस मानसिक रुपमा कमजोर बन्दै गएको देखिन्छ । सयौं निभेका दीपक भएर पनि एउटै दियो बाल्न सक्दैन। जहाँ एक बलेको दियोले सयौं निभेका बत्तीहरू जलाउन सक्छ। त्यसैगरी, नकारात्मक र कमजोर मानसिकता भएका मानिसहरूले राम्रो समाज र बलियो समाज निर्माणमा योगदान दिन सक्दैनन्।

सकारात्मक सोच भएको व्यक्तिले मात्र आफ्नो वरपरका लाखौं नकारात्मक सोच र निराश व्यक्तिको जीवनमा सकारात्मक सोचले नयाँ ऊर्जा भरेर समाजको अवस्था र दिशा बदल्न सक्छ। हाम्रो वरपरको वातावरण नकारात्मक वातावरणले घेरिएको हुनाले जीवनमा सकारात्मक सोचको विकास गर्नु वर्तमान समयको मुख्य चुनौती भएको छ। तर यो योगबाट सहज र सम्भव छ।

लगभग हरेक मानिसको मनमा आफू वा अरु विरुद्ध गुनासो हुन्छ । जसका कारण मानव जीवन नकारात्मक वातावरणले घेरिएको छ । ईश्वरीय ज्ञान र राजयोगको अभ्यासबाट मात्र जीवनमा सकारात्मक सोचको विकास गर्न सकिन्छ। किनभने शारीरिक क्रियाकलापमा आधारित योग अभ्यासले हाम्रो शरीर स्वस्थ बन्न सक्छ तर ज्ञान र बुद्धिको आधारमा मात्र दिमागलाई सकारात्मक र स्वस्थ बनाउन सकिन्छ । किनभने मनशरीरको भौतिक अंग होइन। मन चेतनाको एक धेरै सूक्ष्म र सक्रिय रूप हो। त्यसैले समाजमा परोपकार गर्नको लागि योगको माध्यमबाट सबैलाई सहयोग गर्ने दिशामा अघि बढौँ ।
जस्तो अन्न, त्यस्तै मन हुन्छ।

भोजनले मानिसको दिमागमा गहिरो प्रभाव पार्छ भन्ने कुरा वैज्ञानिक अनुसन्धानको निष्कर्षबाट निस्सन्देह प्रमाणित भएको छ। भारतीय ऋषिहरू र आयुर्वेद चिकित्सा पद्धतिका महान चिकित्सकहरूले प्राचीन कालदेखि नै यो प्रमाणित गरिसकेका छन् कि हाम्रो भौतिक शरीर हाम्रो मनको सृष्टि हो। अर्थात् प्रशन्न मनका साथ तयार पारिएको खाना खुसीसाथ खाइयो भने यसले हाम्रो स्वास्थ्यमा निकै सकारात्मक प्रभाव पार्छ । सात्विक खाना हाम्रो स्वास्थ्यको लागि अमृत हो।

गुणस्तरीय खानेकुरा खाँदा पनि मानसिक रूपमा चिन्तित र डिप्रेसन भएका मानिसहरूको स्वास्थ्यमा प्रायः केही समस्या हुने गरेको देखिन्छ। खानालाई उत्कृष्ट औषधि बनाउनमा, हाम्रा सकारात्मक भावनाहरूले जीवन बचाउने काम गर्छन्। प्रसादका लागि बनाइएका खानामा विशेष स्वाद हुने भएकाले शारीरिक स्वच्छतासँगै मनमा दिव्यताको अनुभूति हुन्छ भन्ने अनुभव हामी सबैलाई छ । दैवी ज्ञान र राजयोगको माध्यमबाट आफ्नो भावनालाई नियमित रूपमा शुद्ध गर्ने हो भने हामीले खानालाई सात्विक खाना बनाउने कला सिक्न सक्छौं। शाकाहारी खाना र सात्विक खानामा ठूलो भिन्नता छ भन्ने कुरा यहाँ स्पष्ट गर्न जरुरी छ । हरेक शाकाहारी खाना सात्विक खाना होइन।

भगवानको सम्झनामा र मनमा शुद्ध भाव लिएर शाकाहारी भोजन बनाउँदा मात्र सात्विक भोजन बन्छ। सात्विक भोजनमा उच्च ऊर्जा र पोषक तत्वहरू हुन्छन्, शरीरका आन्तरिक अंगहरूलाई पोषण दिन्छ र मनलाई आनन्दित बनाउँछ। यसले हाम्रो शरीर र दिमाग दुवैलाई स्वस्थ र बलियो बनाउँछ। होटलहरूमा पाइने खाना स्वादिष्ट र शाकाहारी हुन सक्छ तर सात्विक नहुन सक्छ। जीवनको व्यस्त गतिको बीचमा, हाम्रो दिमाग र स्वस्थ शरीरको लागि समय निकाल्नु हाम्रो लागि धेरै महत्त्वपूर्ण छ। तब मात्र यो जीवनको सार्थक उपयोग सम्भव छ।

अहिलेको भौतिकवादी युगमा पैसा नै हाम्रो जीवनको अन्तिम लक्ष्य हो र पैसाले नै हामी आराम र खुसीसँग बाँच्न सक्छौँ भन्ने गलत धारणा हाम्रो दिमागमा प्रवेश गरेको छ । तर पैसाले मात्र वस्तु र सुविधा किन्न सकिन्छ, शान्ति, सुख र मानवीय संवेदना होइन भन्ने तथ्यलाई पूर्णरूपमा स्वीकार गर्न कुनै हिचकिचाहट हुनु हुँदैन। तसर्थ, सात्विक भोजनको सेवन गरेर हामीले हाम्रा यी आधारभूत गुणहरू अहिले अनुभव गर्न सक्छौं।

योग गरौ, स्वस्थ रहौ

वर्तमान समयमा मानिस आफ्नो सपनाको उडानमा जीवनको यात्रा गर्न चाहन्छ । आफ्नो सपनालाई साकार पार्न उसले आफ्नो सबै मानसिक शक्ति एकाग्र गर्छ र सपनाको संसारमा हराउँछ। उनीहरुको सपनासँग कुनै पनि प्रकारको सम्झौता आजका बढ्दो बालबालिका र युवा पुस्तालाई मान्य छैन ।यसका लागि उनीहरु जुनसुकै मूल्य चुकाउन तयार छन् ।

आफ्नो स्वास्थ्यको उचित हेरचाह गर्ने र जीवनमा मानवीय संवेदनाको विकास गर्ने कुरा युवा पुस्ताको सोचभन्दा बाहिर गइरहेको छ।यसको परिणाम हाम्रो युवा पुस्ताले भोगिरहेको छ । पछिल्ला केही वर्षयता युवाहरूमा हृदयाघात, मानसिक तनाव र डिप्रेसनका कारण मृत्यु हुने घटना बढ्दै गएका छन् । धेरै कलाकारको असामयिक मृत्युले जनतालाई स्तब्ध बनाएको छ । आखिर जीवनको यात्रामा शान्ति नभए जीवनको उद्देश्य के ?

जीवनमा लामो समयसम्म सक्रिय रहन, बाल्यकालदेखि नै शरीर र दिमागलाई स्वस्थ राख्नको लागि आफ्नो दैनिक दिनचर्यामा योगलाई समावेश गर्नु धेरै महत्त्वपूर्ण छ। नियमित योग गर्नाले र सात्विक खाना खाँदा विशेषगरी मानसिक तनावका कारण हुने निको नहुने रोगबाट हुने अकाल मृत्युदरलाई नियन्त्रण गर्न सकिन्छ ।

विश्व स्वास्थ्य संगठनले आफ्नो एक प्रतिवेदनमा ८० प्रतिशत स्वास्थ्य समस्या मनोवैज्ञानिक रोगका कारण हुने गरेको स्पष्ट उल्लेख गरेको छ । उदाहरणका लागि, मानसिक तनावका कारण रक्तचापको रोग सुरु हुन्छ। पछि यसका कारण मधुमेह र कलेजो र मृगौला फेल भएर मृत्यु हुने गर्दछ । तसर्थ, स्वस्थ रहन आफ्नो दैनिक दिनचर्यामा योगलाई समावेश गर्नु समयको आवश्यकता हो। यो सत्य हो कि स्वस्थ शरीरमा मात्र स्वस्थ दिमाग बस्छ। जब जीवनमा भावनात्मक उतार(चढाव आउँछ, शरीरमा धेरै प्रकारका हानिकारक हार्मोनहरू उत्पादन हुन्छन्। आधुनिक अनुसन्धानले निको नहुने रोग क्यान्सरको एउटा कारण मानसिक आघात पनि भएको खुलासा गरेको छ

योग ः कर्मसु कौशलम्

भौतिक समृद्धि र उपलब्धिको लागि जीवनमा क्रियाशील र कुशल हुनु आवश्यक छ। अहिलेको चरम प्रतिस्पर्धाको युगमा थोरै आलस्यले पनि जीवनमा अगाडि बढ्ने अवसर खोस्छ । जीवनमा प्रगति गर्ने अवसरहरूको लागिकाममा दक्षता र व्यवहारमा सहजता आवश्यक छ। अहिलेको प्रतिस्पर्धात्मक युगमा खानपान र दिनचर्यालाई व्यवस्थित गरेर मात्रै बाँच्न सम्भव छ ।

स्वास्थ्यप्रति लापरवाहीले जीवनमा ठूलो विनाश निम्त्याउन सक्छ । त्यसैले काममा दक्षता आवश्यक छ। गीतामा स्पष्ट भनिएको छ– योगले काममा दक्षता ल्याउँछ।अहिले सीप विकास केन्द्रमा तालिम दिएर दक्ष बनाउने प्रयास भइरहेको छ । हो, तालिमको माध्यमबाट सीमित मात्रामा मात्र काममा दक्षता ल्याउन त सकिएला यद्दपी कार्यमा असीमित दक्षताको लागि योग एक मात्र विकल्प हो।

राजयोगको अभ्यासले मनमा चेतनाको नयाँ आयाम र अन्तर्निहित शक्तिहरूको विकासको लागि सधैं नयाँ सम्भावनाहरू सृजना गर्दछ। त्यसैले पछिल्लो समय कर्पोरेट क्षेत्र, व्यापारिक संस्था वा कलकारखाना वा सरकारी सेवामा कार्यरत मानिसमा योगप्रति आकर्षण बढ्दै गएको छ । दैनिक दिनचर्यामा नियमित रूपमा योग समावेश गर्न सकेको खण्डमा कुशलतापूर्वक र तनाव बिना आफ्नो जिम्मेवारी निर्वाह गर्न सम्भव हुन्छ। राजयोगको अभ्यास र ईश्वर स्वयंले दिनुभएको दिव्य ज्ञानको नियमित अनुगमनले तपाईको जीवनलाई पुनरुत्थान गर्न सक्षम वनाउँछ।

योग र सात्विक आहारको प्रयोगले शरीर र दिमागमा चमत्कारी प्रभाव पार्छ। राजयोगको माध्यमबाट जीवनमा घटितर घट्न सक्नेघटनाहरूको रहस्य प्रष्ट पार्दे र जीवन व्यर्थका विचार र दुस्खबाट सजिलै मुक्त हुन्छ। हाम्रो जीवनको नियन्त्रक कुनै बाह्य शक्ति होइन हाम्रो मन आफै हो। राजयोग भनेको मनलाई सजिलै नियन्त्रण गर्ने विज्ञान हो।

तसर्थ, आफ्नो र मानवताको सुखी भविष्यको लागि राजयोगलाई आफ्नो जीवनशैलीमा अपनाई बलियो र स्वर्णिम विश्व निर्माणमा आफ्नो अमूल्य योगदान गरौं। राजयोग एक मनोविज्ञान हो । राजयोगीले घर गृहस्थ त्याग गरेर जंगलमा गएर कुटी गुफामा बसेर निश्चित आसन गर्नु पर्दैन । राजयोग परिवार र समाजमै रहेर दिनचर्यामा कुनै प्रतिकूल प्रभाव पर्न नदिई गर्न सकिन्छ । दूषित वातावरणमा सन्तुलित जीवन जीउने कला पनि सिकाउँछ । राजयोगको निरन्तर अभ्यासले अन्तर आत्माका गुप्त र सुषुप्त शक्तिहरू जागृत हुन थाल्दछन् ।

राजयोग आत्तरिक जगतको यात्रा हो,आफैलाई चिन्न वा केवल पुनःपहिचान गर्नका लागि । राजयोग यस्तो योग हो जुनसँग कुनै धार्मिक प्रक्रिया वा मन्त्र आदि छैन ।यो कहिँपनि र कुनैपनि समयमा गर्न सकिन्छ ।राजयोग आँखा खोलेर गरिन्छ, त्यसैले यो अभ्यास सरल र सजिलो छ ।यो प्राचीन राजयोग अभ्यासले प्राकृतिक शक्तिहरूलाई सुसज्जित बनाउँछ र हाम्रो दिमागलाई आफ्नो मित्र बनाउँदछ । यसले सवकन्सस माइण्डलाई शक्तिशाली बनाउँछ । तनाव व्यवस्थापन गर्दछ र स्वस्थ राख्दछ । क्रोध व्यवस्थापन हुन्छ ।जीवनमा आशावादी बन्न सिकाउँदछ,सम्बन्धमा सुमधुरता ल्याउँदछ ।

कर्ममा कुशलता,व्यवहारमा शालीनता प्रदान गर्दछ ।यसले सम्पूर्ण विश्वलाई एक परिवारका रूपमा हेर्न सक्ने विशाल मन, मस्तिष्कको विकास हुन्छ । ब्रह्याकुमारी ईश्वरीय विश्व विद्यालयको अन्तर्राष्टीय मुख्यालयको वर्ष २०२४र२५ को वार्षिक थीम प्रकरण × स्वस्थ र स्वच्छ समाज निर्माणका लागि आध्यात्मिक शशक्तिकरण ू घोषणा गरेको छ । यो महान अभियानमा यहाँहरुको सकृय सहभागिताका लागि सादर निवेदन गर्दछौ ।

अन्तराष्ट्रिय योग दिवसको अवसरमा ब्रह्माकुमारी संस्थाले राजयोगको माध्यमबाट जीवनमा सकारात्मक मनको अनुभूति गर्न आयोजना गरेको विशेष योग कार्यक्रममा सहभागी भइदिनुहुन ईश्वरीय निमन्त्रणा छ । अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सबै मानव आत्माहरूका लागि ईश्वरको दैवी सन्देशहो ।
ओम् शान्ति

लेखक ब्रह्याकुमारीज मधुवन आध्यात्मिक पुनर्जागरण केन्द्र घोरही दाङका प्रवक्ता एवं सरकारी सेवा प्रशासन अधिकृत हुन ।

Blog Post Ad Blog Post Ad