Ad Area

दाङमा रासायनिक मल ; कतै अभाव, कतै प्रयाप्त


दाङ, ११ मंसिर । जब खेतीको सिजन आउछ, त्यही समयमा मलको अभाव हुन्छ । कृषकले सहज रुपमा मल पाउन सक्दैनन् । हरेक वर्ष खेतीको सिजनमा कृषकले यी समस्याहरु भोग्नु परेको छ ।

अहिले आलु र गहु खेती गर्नेहरुलाई रासायनिक मलको आवश्यक छ । तर उनिहरुले अल पाउन नसकिएको गुनासो गरेका छन् । घोराही उपमहानगरपालिका वडा नं. १२ की लक्ष्मी घर्तीले मल पाउन मुस्किल भएको बताइन् । आलु खेती गर्नका लागि मलको आवश्यक भएको भएपनि पाउन नसकिएको उनको भनाई छ । मल विक्रि गर्ने सहकारीमा मल छैन भन्नुहुन्छ, उनले भनिन् ।

मल प्रयोग नगर्दा उत्पादन नहुँने , मल हाल्ने समयमा मल नपाउने समस्यानै भएको लक्ष्मीले भनिन् । अहि पहिले मल खरिद गरेका कृषकलाई सजिलो भएको छ, तर खेतीको समयमा खोज्न हिड्ने हामि जस्ता कृषकले भने मल पाउन सकेका छैनन्, ।

सोही ठाउँकी मुना नेपालीले पनि मल पाउन नसकेको गुनासो गरिन् । आवश्यक भएको समयमा सधै अभाव हुने उनको भनाई थियो । युरिया मल सजिलै पाएको भएपनि डिएपी मल नपाइएको बताइन् । यता घोराही स्थित कृषि सामाग्रि कम्पनी लिमिटेडले रासायनिक मल सहज बन्ने बताएको छ ।

कार्यालय प्रमुख टोपाराम गौतमले केही दिन अगाडी सम्म डिएपी मलको अभाव भएपनि हाल सहज बन्न थालेको जानकारी गराए । ‘केही समय अगाडी मलको अभाव भएको थियो, तर अहिले मलको अभाव भन्न मिल्दैन्, केही दिन अगाडी मल झरेको छ, वितरण पनि भएको छ उनले भने । तर शुक्रवार वितरण गर्नका लागि कम्पनीमा मल छैन्, बिहिवार सम्म वितरण भएर सकिएको मल आइतवार सम्म मात्र सहज रुपमा पाउन सकिने छ ।
भैरहवामा मल झरिसकेको भए पनि यहाँ भने आइसकेको छैन्, । आइतरवार सम्म मलको अभाव पुर्ती गरिने गौतमले बताए । ‘आज सकिएर कहिले आउने टुंगो नभएको भए अभाव भन्न सकिन्थ्यो, तर भैरहवामा झरिसकेको छ, यहाँ आउन केही समय लाग्छ’ । भैरहवामा मल भएपनि यहाँका कृषकले भने तत्कालै मल पाउन सकेका छैनन् ।

डिएपी मल मौज्दात नभएपनि युरिया मल भने प्रयाप्त रुपमा भएको प्रमुख गौतमले बताए । हाल तीन सय टन युरिया मल मौज्दात रहेको जानकारी गराएका छन् । कृषकले मल सहज नभएको बताए पनि कार्यालयले भने सहज बनाएको बताएको छ । बाँके बर्दिया, कैलाली लगाएतका क्षेत्रमा गहु खेती धेरै गर्ने भएका कारण मलको अभाव भएपनि दाङ जिल्लामा अभावै भन्ने अवस्था नभएको बताएको छ । कोर तराई जिल्लाको तुलनामा यहाँ गहुँ खेती कम हुने भएकाले मल नभएर खेती प्रभावित नहुने गौतमले बताए । घोराहीका ६५ वटा सहकारीले मलको कारोवार गर्ने गरेका छन् ।

Blog Post Ad

उता तुलसीपुरमा भने मलको अभाव देखिएको छ । खासगरी डिएपी मलको अभाव भएको तलसीपुर कृषि सामाग्रि कम्पनी लिमिटेडले बताएको हो । कार्यालय प्रमुख तिर्थ न्यौपानेले बिहिवार सम्म बितरण गरिएको जानकारी गराए । तुलसपुर उपमहानगरपालिका क्षेत्रमा ९२ वटा तथा सल्यानका ८ वटा सहकारीलाई मल वितरण गरिएको छ । ‘तुलसीपुर संगै सल्यान पनि हाम्रो शाखाको कार्यक्षेत्र रहेको छ, अहिले २५ बोराका दरले बितरण गरिएको हो, उनले भने । बिहिवार वितरण भएर सकिएको मल अर्काे साता मात्र पाउन सकिने छ ।

उता लमही नगरपालिकामा भने मलको अभाव नभएको बताइएको छ । लमही शाखाका प्रमुख घनश्याम कहारले १७ टन युरिया र ४० टन डिएपी मल मौज्दात रहेको बताए । लमहीमा ४५ वटा सहकारी मार्फत मल वितरण गर्ने गरिएको छ ।

 

 

Blog Post Ad Blog Post Ad